• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत

च्याम्पियन्स लिगका सेमिफाइनल खेल आजदेखि, म्यान्चेस्टर सिटी र रियल मड्रिड भिड्दै



एजेन्सी । च्याम्पियन्स लिगका सेमिफाइनल खेल आज मंगलबारदेखि सुरु हुँदैछन् । दुई चरणमा हुने सेमिफाइनलमा यसपटक इंग्ल्यान्डका दुई टिम र स्पेनका दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

आज मध्यरातमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडलाई इतिहाड मैदानमा निम्तो दिएको छ । यी दुई टिमबीचको खेल मध्यरात १२ः४५ बजे सुरु हुनेछ ।

म्यान्चेस्टर सिटीले क्वाटरफाइनलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई समग्रमा १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

अर्कोतर्फ रियलले इंग्लिस क्लब चेल्सीलाई समग्रमा ५–४ गोलको नतिजासहित सेमिफाइनमा स्थान बनाएको हो ।

आफ्ना घरेलु लिगमा दुबै टिम शीर्ष स्थानमा रहेका छन् । तसर्थ यी दुईटीमबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ । रियल स्पेनिस लिग ला लिगामा शीर्ष स्थानमा रहँदै लगभग उपाधि उचाल्नेतर्फ अग्रसर रहँदा सिटी भने इंग्लिस प्रिमियर लिगमा उपाधिका लागि संघर्षरत छ । उसलाई लिभरपुलले पछ्याइरहेको छ ।

दुबै टोली आजको खेलमा जित निकाल्दै दोस्रो चरणका लागि सहज वातावरण बनाउन चाहन्छन् । दोस्रो चरणको खेल मे ५ मा रियलको मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।