१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति



अ+ अ-

न्यूयोर्क । सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाउनु भएको छ ।

सन् २००६ को मार्चमा यसको स्थापनापछि, ट्विटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ताहरू जम्मा गरेको छ । ती मध्ये ८० प्रतिशत भन्दा बढी संयुक्त राज्य अमेरिका बाहिरका रहेका छन् । ट्विटरले २०१७ को अन्त्यसम्म नाफाको लिन सकेन । यद्यपी ट्विटरले गत वर्ष २२ करोड १० लाख अमेरिकी डलर बराबरको रकम घाटा भएको बताएको थियो ।

हालको अवस्थामा ट्विटरमा “व्यापक सम्भावना“ रहेको र ती सम्भावनाका ढोकाहरुलाई आफूले खोल्ने मस्कले बताउनु भएको छ । उहाँले नक्कली खाताहरूलाई हटाउने तथा कैयौ प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गर्नु भएको छ । कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो ।

फोर्ब्स पत्रिकाकाअनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्नुहन्छ । उहाँको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ । उहाँँ विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी हुन्नुहुन्छ ।