२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति



अ+ अ-

न्यूयोर्क । सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाउनु भएको छ ।

सन् २००६ को मार्चमा यसको स्थापनापछि, ट्विटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ताहरू जम्मा गरेको छ । ती मध्ये ८० प्रतिशत भन्दा बढी संयुक्त राज्य अमेरिका बाहिरका रहेका छन् । ट्विटरले २०१७ को अन्त्यसम्म नाफाको लिन सकेन । यद्यपी ट्विटरले गत वर्ष २२ करोड १० लाख अमेरिकी डलर बराबरको रकम घाटा भएको बताएको थियो ।

हालको अवस्थामा ट्विटरमा “व्यापक सम्भावना“ रहेको र ती सम्भावनाका ढोकाहरुलाई आफूले खोल्ने मस्कले बताउनु भएको छ । उहाँले नक्कली खाताहरूलाई हटाउने तथा कैयौ प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गर्नु भएको छ । कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो ।

फोर्ब्स पत्रिकाकाअनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्नुहन्छ । उहाँको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ । उहाँँ विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी हुन्नुहुन्छ ।