• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

धनुषामा सवारी दुर्घटना : तीन जनाको मृत्यु



जनकपुरधाम । धनुषाका क्षीरेश्वरनाथ नगरपालिकामा पार्क गरेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

क्षीरेश्वरनाथ–५ स्थित सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मङ्गलबार बिहान २ः३० मा मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवालको मात्र पहिचान खुलेको छ । अन्य दुईको सनाखत हुन सकेको छैन ।