१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति

जुत्ता सिलाएर उद्यमी बन्नुभएकी निर्मला

जुत्ता सिलाएर उद्यमी बन्नुभएकी निर्मला
अ अ+ अ-

बरहथवा । मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ । घुम्टोबाट निस्कन बुहारीले निकै सङ्घर्ष गर्नुपर्छ । यसरी घुम्टोबाट बाहिर निस्किनुभएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा परिणत हुनुभएको छ ।

हरिवन नगरपालिका–४ गेल्हा निवासी ३२ वर्षीया निर्मलाकुमारी महतो मधेसकै एक उदाहरणीय महिला उद्यमी बन्नुभएको छ । जुत्ता उद्योग सञ्चालन गर्नुभएकी उहाँ आफूलाई अब्बल व्यवसायीका रूपमा चिनाउने कोसिसमा हुनुहुन्छ । मधेसमा जन्मनुभएकी उहाँका लागि एउटी बुहारी भएर जुत्ता सिलाउँछु, भन्नु पक्कै सजिलो थिएन । ‘प्लस टु’ सम्म अध्ययन गर्नुभएकी निर्मलाको माइतीघर घरदेखि केही मिनेटको दूरीमा छ । बुबा शिक्षक हुनुभएका कारण उहाँले पढ्ने अवसर पाउनुभयो । त्यसपछि गाउँ नजिकैका मध्यमवर्गीय परिवारका उमेश महतोसँग सामाजिक परम्पराअनुसार विवाह भयो । विवाहपछि पढाइलाई निरन्तरता दिन पाउनुभएन । निर्मलाका ११ वर्षकी एक छोरी, नौ र छ वर्षका दुई छोरा छन् ।

“श्रीमान् खेतीपाती गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “खेतीबाट नगद आम्दानी कम हुन्थ्यो । अन्नपात वर्षभरि खानुपर्यो । समाजमा चलेको चलनअनुसार व्यवहार धान्नै चुनौती भयो ।” अरुले बच्चा बोर्डिङ स्कुलमा पढाएको देखेर आफूलाई पनि रहर लागेर भर्ना गरेको उहाँको भनाइ छ । पछि ‘बिल’ आउन थालेपछि समस्या हुन थाल्यो । श्रीमान्सँग सधैँ पैसा हँुदैन थियो । त्यसपछि कसरी  पैसा तिर्ने भन्ने चिन्ताले सताउन थाल्यो ।

धेरथोर पढेलेखेको भएकाले केही जागिर गरेर कमाई हुन्थ्यो कि भनेर पनि सोच्नुभयो तर त्यस्तो हुन सकेन । गाउँमा आफूले चिनेको सरले जुत्ता सिलाउने तालिम खुलेको जानकारी पाएपछि सिक्न जानुभयो । सुरुमा घरमा सम्झाउन निकै समस्या भयो । बुहारी त्यसमा पनि जुत्ता सिलाउन गई, भनेर सासूससुराले गाली गर्नुभयो । तर पछि सम्झाइबुझाइ गरेपछि उहाँहरूले कुरा बुझ्नुभयो । “तीन महिना सीप सिकेर काम सुरु गरेको थिएँ । काम गरेको साहुले पसल बन्द गरेर हिँडे, त्यसपछि फेरि अलपत्र परियो, तालिमसमेत पूरा भएको थिएन”, उहाँले विगत सुनाउनुभयो ।

तालिम आयोजकलाई फेरि अनुरोध गरेर केही दिनका तालिम थप्न लगाउनुभयो । त्यसपश्चात् आफूले भने जस्तै सबै नाप र आकारप्रकारका जुत्ता बनाउनसक्ने हुनुभयो । सीप त सिक्नुभयो तर काम गर्ने ठाउँ भएन । त्यसपछि निर्मला आफैँले गेल्हागाउँमै जुत्ता बनाएर बेच्न सुरु गर्नुभयो ।

व्यवसायका लागि सुरुमा लगानी आवश्यक भयो । श्रीमान् खेतीकिसानी गर्ने मान्छे । सासूससुरा पहिलादेखि पेसाप्रति खुसी हुनुहुन्नथ्यो । रु एक लाख ऋणका लागि हारगुहार गर्दा पनि पार लागेन । माइतीका दाजुलाई भनेर ससुरालाई सम्झाइबुझाइ गरी बरु अंश दिँदा घटाइदिनु भनेर रु एक लाख पैसा मागिदिन अनुरोध गर्नुभयो । ससुराले रु एक लाख २० हजार दिनुभयो । “त्यसपछि घरमै जुत्ता कारखाना सुरु गरेँ”, निर्मलाले भन्नुभयो, “सुरुमा गाउँमा अनेक कुरा गर्ने मानिस धेरै भए तर पछि विस्तारै आफ्नो छोराछोरीलाई सिकाइदिनुपर्यो भनेर आउने पनि निस्किए ।”

गाउँघरमा आजभोलि विवाहलगायत कार्यक्रममा निर्मलाले बनाएको जुत्ता धेरै बिक्री हुन्छ । बजार विस्तार हुँदै गएको छ । रामेछाप, सिन्धुली, विराटनगर, जनकपुर, चपुरलगायत ठाउँबाट जुत्ता माग आउने गरेको निर्मलाले बताउनुभयो । विसं २०७१ तिर निर्मलाको श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो । तर निर्मलाले छ ११ महिनामै श्रीमान्लाई घर फर्काउनुभयो । अहिले उहाँको श्रीमान् उमेश पनि निर्मलासँगै काममा खटिनुभएको छ ।

उहाँले घर नजिकै रु १४ लाखमा आधुनिक उपकरणसहितको जुत्ता कारखाना सञ्चालन गर्नुभएको छ । उद्योगमा चार जना कामदारसमेत छन् । एक जनाले दैनिक ५० जोर जुत्ता तयार गर्न सक्ने उहाँले बताउनुभयो । यसरी निर्मलाको कारखानाबाट महिनामा छ हजार जोरसम्म जुत्ता उत्पादन भई बजारमा पुग्ने गरेको छ ।

“कमाइ राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “काम दिन सकिरहेका छैनौँ । अझै केही मेसिन किन्नुपर्ने छ, त्यो भए काम बढाउन सकिन्थ्यो । प्रयास गरिरहेको छु ।” पहिला मासिक रु तीन हजार पाँच सय कमाइहुन्छ भनेर सिकेको सीपले उद्यमी बनाएको उहाँको भनाइ छ  । यही पेसाबाट वार्षिक रु आठदेखि १० लाखसम्म कमाउने गरेको उहाँले बताउनुभयो । रासस