३ श्रावण २०८३, आईतवार
,
Latest
मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड बन्यो तेस्रो राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा सवारी दुर्घटना : तीन जनाको मृत्यु



अ+ अ-

जनकपुरधाम । धनुषाका क्षीरेश्वरनाथ नगरपालिकामा पार्क गरेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

क्षीरेश्वरनाथ–५ स्थित सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मङ्गलबार बिहान २ः३० मा मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवालको मात्र पहिचान खुलेको छ । अन्य दुईको सनाखत हुन सकेको छैन ।