१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुल एक लाख ४४ हजार ४१६ को उम्मेदवारी (सूचीसहित)



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि भएको आधारमा) प्रदेशअनुसार सार्वजनिक गरेको छ ।

आयोगका अनुसार प्रणालीमा प्रविष्टि भएको आधारमा हालसम्म कुल एक लाख ४४ हजार ४१६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेशगत आधारमा सबैभन्दा धेरै मधेश प्रदेशमा कुल ३७ हजार ३७७ ले मनोनयन दर्ता गरेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशबाट कुल १२ हजार २०४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी प्रदेश नं १ बाट २२ हजार ४७०, बागमती प्रदेशबाट २३ हजार ९२६, गण्डकी प्रदेशबाट १२ हजार ५४७, लुम्बिनी प्रदेशबाट २२ हजार ७६६ र कर्णाली प्रदेशबाट १३ हजार १२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उपलब्ध गराएको प्रदेशगत आधारमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यहरुको उम्मेदवारी विवरणको सूची यस्तो छ :