• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने



काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने बताउनुभएको छ ।सामाजिक सञ्जालमार्फत उहाँले स्थानीय तहको चुनावपछि सक्रिय राजनीतिबाट बिदा लिने निर्णय लिने बताउनुभएका हो ।

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ ।”

पछिल्लो समय नेता घिमिरे पार्टी राजनीतिबाट टाढिँदै आउनुभएको छ । कांग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिनुहुने घिमिरे पार्टीको १४औँ महाधिवेशनमा प्रदेश नं १ को सभापतिमा दुई मतले पराजित हुनुभएको थियो ।

संस्थापन इतर समूहको मानिनु हुने घिमिरेलाई संस्थापन समूहको साथ पाएका नेता कृष्णप्रसाद सिटौला निकट मानिने उद्धव थापाले दुई मतको अन्तरले पराजित गर्नुभएको थियो ।

पार्टीको १४औँ महाधिवेशनबाट सभापति बन्नुभएका शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा विभिन्न नेतालाई मनोनित गर्नुभए पनि नेता घिमिरेलाई मनोनित गर्नुभएको छैन ।

त्यसैले पनि उहाँले पार्टीबाट विरक्तिएर सक्रिय राजनीतिबाटै बिदा लिने निर्णय गर्नुभएको हुनसक्न बताइएको छ ।