१२ भाद्र २०८३, शुक्रबार
,
Latest
विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने बताउनुभएको छ ।सामाजिक सञ्जालमार्फत उहाँले स्थानीय तहको चुनावपछि सक्रिय राजनीतिबाट बिदा लिने निर्णय लिने बताउनुभएका हो ।

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ ।”

पछिल्लो समय नेता घिमिरे पार्टी राजनीतिबाट टाढिँदै आउनुभएको छ । कांग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिनुहुने घिमिरे पार्टीको १४औँ महाधिवेशनमा प्रदेश नं १ को सभापतिमा दुई मतले पराजित हुनुभएको थियो ।

संस्थापन इतर समूहको मानिनु हुने घिमिरेलाई संस्थापन समूहको साथ पाएका नेता कृष्णप्रसाद सिटौला निकट मानिने उद्धव थापाले दुई मतको अन्तरले पराजित गर्नुभएको थियो ।

पार्टीको १४औँ महाधिवेशनबाट सभापति बन्नुभएका शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा विभिन्न नेतालाई मनोनित गर्नुभए पनि नेता घिमिरेलाई मनोनित गर्नुभएको छैन ।

त्यसैले पनि उहाँले पार्टीबाट विरक्तिएर सक्रिय राजनीतिबाटै बिदा लिने निर्णय गर्नुभएको हुनसक्न बताइएको छ ।