४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आगलगी हुँदा रु १५ लाखको क्षति

आगलगी हुँदा रु १५ लाखको क्षति
अ+ अ-

मलङ्गवा । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको आगलगीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर रु १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

बिद्युत् चुहावट हुँदा घरमा आगलगी भएको प्रारम्भीक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । घरमा सुतिरहेको समयमा आगलगी हुँदा ठूलो क्षति हुन पुगेको पीडित मल्लिकले बताउनुभयो । छिमेकीले भनेपछि घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो ।

स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । आगलगीबाट सरसमान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थपक्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।