४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भोजपुरको पाँच पालिकामा गठबन्धन

भोजपुरको पाँच पालिकामा गठबन्धन
अ+ अ-

भोजपुर । भोजपुरमा सोमबारबाट स्थानीय तहमा उमेदवारी दर्ता सम्पन्न भएसँगै निर्वाचनको सरगर्मी बढेको छ । यहाँ मुख्यरुपमा नेकपा (एमाले) र सत्तागबन्धनमा रहेका दलबीच प्रतिस्पर्धा हुने भएको छ ।

एमाले भोजपुरका नौ वटै तहमा एक्लै प्रतिस्पर्धा गर्दैछ भने गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल गरेका छन् । पौवादुङमा गाउँपालिका, अरुण, आमचोक र साल्पासिलिछो गाउँपालिकाबाहेक पाँच तहमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)ले साझा उमेदवार उठाएका छन् । जनता समाजवादी पार्टीले भने यसअघि नै गठबन्धन तोडेर एक्लै चुनावमा गएको छ ।

भोजपुर नगरपालिकामा गठबन्धनले कांग्रेसबाट प्रमुखमा कैलाशकुमार आले र उपप्रमुखमा एकीकृत समाजवादीबाट ममिता राईलाई उमेदवार बनाएको छ । यहाँ एमालेले प्रमुखमा भरतकुमार तामाङ र उपप्रमुखमा निर्मला शेर्पालाई अघिसारेको छ ।

षडानन्द नगरमा गठबन्धनले प्रमुखमा कांग्रेसबाट वीरबल राई र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)बाट प्रमिला राईलाई उमेदवार बनाएको छ । यहाँका गठबन्धनका उमेदवारसँग एमालेबाट प्रमुखमा सुरेन्द्र उदास र उपप्रमुखमा मेरिका राई प्रतिस्पर्धामा उत्रिएका छन् ।

गठबन्धनले टेम्केमैयुङमा कांग्रेसबाट अध्यक्षमा सरोज बस्नेतलाई उठाएको छ भने उपाध्यक्षमा एकीकृत समाजवादीबाट इन्द्रवती राईलाई उमेदवार बनाएको छ । यो गाउँपालिकामा एमालेले अध्यक्षमा ध्रुवराज राई र उपाध्यक्षमा रमा राईलाई उमेदवार बनाएको छ । हतुवागढी गाउँपालिकामा पनि कांग्रेसबाट अध्यक्षमा गजेन्द्र कार्की र उपाध्यक्षमा माओवादी केन्द्रबाट सुनिता किराँतीले उमेदवारी दिएका छन् । एमालेबाट भने अध्यक्षमा प्रेमकुमार राई र उपाध्यक्षमा कमला राईले उमेदवारी दिएका छन् ।

रामप्रसादराई गाउँपालिकामा पनि गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ माओवादी केन्द्रबाट अध्यक्षमा निर्माण किराँती र कांग्रेसबाट उपाध्यक्षमा वीरेन्द्र राईले उमेदवारी दिएका छन् । एमालेले अध्यक्षमा बलराम राई र उपाध्यक्षमा कमला राईलाई उम्मेदवार बनाएको छ ।

पौवादुङमा, अरुण र आमचोक, साल्पासिलछोमा भने सबै दलले आ–आफ्नै उमेदवार उठाएका हुन् । पौवादुङमामा एमालेबाट अध्यक्षमा किरण राई र उपाध्यक्षमा ज्योत्सना राईले उम्मेदवारी दिएका छन् । कांग्रेसको तर्फबाट अध्यक्षमा टेकनरसिं कार्की ९मनोज० र उपाध्यक्षमा रामकुमारी राईले उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रले अध्यक्षमा नगेन्द्र भुजेल र उपाध्यक्षमा सम्झना राईलाई उम्मेदवार बनाएको छ ।

यस्तै आमचोकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा अशोक राई र उपाध्यक्षमा सीता राईले उम्मेदवारी दिनुभभएको छ । एमालेले अध्यक्षमा वसन्त राई र उपाध्यक्षमा सर्मिला राईलाई प्रतिस्पर्धामा उतारेको छ । कांग्रेसले पनि यहाँ आफ्नै उम्मेदवार उठाएको छ । अरुणमा एमालेबाट अध्यक्षमा नारायण घिमिरे र उपाध्यक्षमा कविता राई उमेदवार बनेका छन् ।

कांग्रेसले अध्यक्षमा शालिकराम खत्री र उपाध्यक्षमा विनिता ढकाललाई अघिसारेको छ । यहाँ माओवादी केन्द्रले एकीकृत समाजवादीसँग मात्र गठबन्धन गरी माओवादीबाट डिल्लीराम अधिकारी अध्यक्षको उमेदवार बनेका छन् भने उपाध्यक्षमा एकीकृत समाजवादीबाट होमबहादुर श्रेष्ठ उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।

साल्पासिलिछोमा भने गठबन्धनमा रहेका दलले आ–आफ्नै तरिकाले चुनावी प्रतिस्पर्धा उत्रेका छन् । यहाँ कांग्रेसले अध्यक्षमा महेश राई र उपाध्यक्षमा अस्मिता राई, लाई उमेदवार बनाएको छ भने माओवादी केन्द्रले उपाध्यक्ष पदमा मात्र जलावती राईलाई उम्मेदवार बनाएको छ । एमालेबाट अध्यक्षमा शान्तिबहादुर अधिकारी र उपाध्यक्षमा रिता घलेको उम्मेदवारी परेको छ । अध्यक्षमा दौलत कुलुङले स्वतन्त्र उमेदवार दिएका छन् ।

भोजपुरमा नयाँ अनुहारभन्दा पनि अधिकांश पुराना जनप्रतिनिधि दोहोरिएका छन् । स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्षदेखि वडा सदस्यसमेतमा अधिकांश अनुहार पुरानानै देखिएका छन् ।

विभिन्न दलरुबाट यहाँका दुई स्थानीय तहमा प्रमुख र तीन स्थानीय तहमा मात्र उपप्रमुखमा नयाँ उम्मेदवार आएका छन् । एमाले तीन ओटा स्थानीय तह बाहेक अन्यमा स्थानीय तहमा नयाँ उमेदवार उठाएको छ । उपप्रमुखमा एउटा स्थानीय तह बाहेक अन्य नयाँ अनुहार रहेका छन् ।