२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार नगर्ने कसम खादैँ राप्रपाका तर्फबाट राजु फुयालले मेयरको उम्मेदवारी दर्ता गराए



अ+ अ-

काठमाडौँ । भ्रष्टाचार नगर्ने कसम खादैँ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा राजु फुयालले उम्मेदवारी दर्ता गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि सोमबार बिहान र्‍यालीसहित फुयालले कागेश्वरी मनोहरा स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै उपमेयरमा राप्रपाकी सरिता चापागाईंले उम्मेदवारी दर्ता गरेकी छिन् । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरको उम्मेदवारीमा कांग्रेसको तर्फबाट उपेन्द्र कार्की, एमालेका तर्फबाट रामशरण ढुंगाना, एकीकृत समाजवादी पार्टीको तर्फबाट कृष्ण हरि थापा, स्वतन्त्रमा पुरुषोत्तम चापागाईंले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाका तर्फबाट उम्मेदवारी दर्ता गराएका फुयाल लगायत उपमेयर, वडा अध्यक्ष र सदस्यहरुले भगवानलाई साक्षी राखी उम्मेदवारी दर्ता गराएका छन् । सबै उम्मेदवारलाई राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले भ्रष्टाचार नगर्ने कसम खुवाएका थिए ।

राप्रपाका उम्मेदवार फुयालले कांग्रेस कम्युनिष्टका अकर्मण्यता र भ्रष्टाचारका कारण जनताले राप्रपालाई मतदान गरि विजयी गराउने बताउँछन् ।