२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलको उम्मेदवारी दर्तामा उत्साह



अ+ अ-

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ को विराटनगर महानगरपालिका सबै राजनीतिक दलका उम्मेदवारले उत्साहका साथ आआफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनय दर्ता गर्नेमा पाँच राजनीतिक दलको गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट अमरेन्द्रकुमार यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सोही निर्वाचनका लागि नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका लागि सागर थापा र उपप्रमुखका लागि शिल्पा निराला कार्कीले उम्मेदवारी दर्ता गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ । राप्रपाबाट प्रमुख पदका लागि प्रल्हाद साह र उपप्रमुख पदका लागि बिन्दा लुइँटेल आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि स्वतन्त्र उम्मेदवारको रूपमा दमदार पूर्वजसपाका जिल्ला तहका नेता उमेश यादवले प्रमुख पदका लागि मनोनय दर्ता गर्नुभएको छ । मनोनयन दर्ता गदै नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका आकांक्षी नागेश कोइरालाले विराटनगरलाई सफा सहरको रूपमा विकास गरी महानगरवासीलाई खुशी तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)प्रमुख पदका उम्मेदवार सागर थापाले शिक्षा, स्वास्थ्य, सुकुुम्वासी तथा नगरको डुबानलाई विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्रपाका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रल्हाद साहले नगरको विकाससँगै सौन्दयर्तामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साहबाहेक सबै उम्मेदवार नयाँ हुन् भने साह राजा ज्ञानेन्द शाहको शासन कालमा तत्कालीन विराटनगर उपमहानगर पालिकाको प्रमुख हुनुहुन्थ्यो ।

विराटनगर महानगरपालिकाको सबै वडामा राजनीतिक दलका प्रतिनिधिले आआफ्ना उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका क्रममा कुनै पनि अप्रिय घटना नभएको र उम्मेदवारी दर्ता गर्न सहज वातावरण बनाएको प्रमुख निर्वाचन अधिकृत भरत लाम्सालले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराउने कार्य अझै पनि जारी छ ।