२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलको उम्मेदवारी दर्तामा उत्साह



अ+ अ-

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ को विराटनगर महानगरपालिका सबै राजनीतिक दलका उम्मेदवारले उत्साहका साथ आआफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनय दर्ता गर्नेमा पाँच राजनीतिक दलको गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट अमरेन्द्रकुमार यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सोही निर्वाचनका लागि नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका लागि सागर थापा र उपप्रमुखका लागि शिल्पा निराला कार्कीले उम्मेदवारी दर्ता गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ । राप्रपाबाट प्रमुख पदका लागि प्रल्हाद साह र उपप्रमुख पदका लागि बिन्दा लुइँटेल आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि स्वतन्त्र उम्मेदवारको रूपमा दमदार पूर्वजसपाका जिल्ला तहका नेता उमेश यादवले प्रमुख पदका लागि मनोनय दर्ता गर्नुभएको छ । मनोनयन दर्ता गदै नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका आकांक्षी नागेश कोइरालाले विराटनगरलाई सफा सहरको रूपमा विकास गरी महानगरवासीलाई खुशी तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)प्रमुख पदका उम्मेदवार सागर थापाले शिक्षा, स्वास्थ्य, सुकुुम्वासी तथा नगरको डुबानलाई विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्रपाका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रल्हाद साहले नगरको विकाससँगै सौन्दयर्तामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साहबाहेक सबै उम्मेदवार नयाँ हुन् भने साह राजा ज्ञानेन्द शाहको शासन कालमा तत्कालीन विराटनगर उपमहानगर पालिकाको प्रमुख हुनुहुन्थ्यो ।

विराटनगर महानगरपालिकाको सबै वडामा राजनीतिक दलका प्रतिनिधिले आआफ्ना उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका क्रममा कुनै पनि अप्रिय घटना नभएको र उम्मेदवारी दर्ता गर्न सहज वातावरण बनाएको प्रमुख निर्वाचन अधिकृत भरत लाम्सालले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराउने कार्य अझै पनि जारी छ ।