२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा १७ जनाको उम्मेदवारी



अ+ अ-

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (एमाले)बाट महानगर प्रमुखमा विजयकुमार सरावगी र जनता समाजवादी पार्टी (जसपा)बाट राजेशमान सिंहले तथा उपप्रमुखमा सरावगीको प्यानलबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहको प्यानलबाट नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

वीरगञ्जमा कांग्रेस र जसपाबीच चुनावी तालमेल भएको छ । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीच समेत चुनावी तालमेल भएको छ । जसपाका सिंहले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादवलगायतसहितका साथमा रही प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस्तै प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरी, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरी, स्वतन्त्रबाट प्रभात सिंह, जमिलराय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सञ्जिवकुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिंह र रोज मियाँ अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । वीरगञ्ज महानगरपालिकामा कूल एक लाख २४ हजार ६४७ मतदाता छन् ।