४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पञ्चेबाजाले गुञ्जियो निर्वाचन अधिकृतको कार्यालय

पञ्चेबाजाले गुञ्जियो निर्वाचन अधिकृतको कार्यालय
उम्मेदवारी दर्तामा कार्यकर्ता र उम्मेदवार
अ+ अ-

काठमाडौं । स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोयन गर्ने पहिलो दिन आइतबार सुनसान प्रायः रहेको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहको माहोल आज एकाएक बदलियो । केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतबार नै उम्मेदवारी दर्ता गराएका भए पनि ठूला दलहरुले आज मध्याह्नपछि मात्र बजागाजा र दलबलसहित आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराए ।

स्थानीय शान्ति बाटिकाबाट पञ्चेबाजासहित शुरु भएको राजनीतिक दलहरुको दलबल नाराजुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान सभागृह पुगेको थियो । दलबलसहित आएका उम्मेदवार बाजागाजा सभागृहको प्रवेशद्वार बाहिरै छाडेर उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरे ।

सत्ता गठबन्धनका तर्फबाट कामपाको प्रमुखमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराउनुभयो । उहाँको प्रस्तावकमा कामपाका उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहनुभएको छ । सिंह नेपाली कांग्रेससँग आबद्ध रहनुभएको छ । यसैगरी उपप्रमुखमा गठबन्धनकै साझा उम्मेदवार नेकपा (एकीकृत समावजादी)का नेता रामेश्वर श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराउनुभयो । श्रेष्ठको प्रस्तावकमा प्रवेशमान बज्राचार्य र समर्थकमा भीमसेन खतिवडा (विष्णु) हुनुहुन्छ ।

त्यसअघि प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का तर्फबाट प्रमुखमा देवेन्द्र खड्गीको समर्थनमा केशव स्थापितले मनोनयन दर्ता गराउनुभएको थियो । उहाँसँगै उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले पनि मनोनयन दर्ता गराउनुभयो । डङ्गोलको प्रस्तावकमा अजयक्रान्ति शाक्य र समर्थकमा सञ्जित डङ्गोल हुनुहुन्छ । स्थापित यसअघि विसं २०५४ को स्थानीय निर्वाचनमा प्रमुखमा विजयी भइसक्नुभएको थियो । बागमती प्रदेशसभा सदस्यका रुपमा रहँदारहँदै उहाँले कामपाको प्रमुखमा उम्मेदवारी दिन प्रदेशसभा सदस्यबाट राजिनामा दिनुभएको थियो ।

यस्तै राप्रपाका तर्फबाट कामपाको प्रमुखमा कलाकार मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको थियो । निर्वाचन कार्यालयमा अहिले साँझसम्म कामपाको प्रमुखमा ४१ र उपप्रमुखमा २५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गृहणी भत्ता, बालबाटिका निर्माण उम्मेदवारका प्रतिबद्धता

यसअघिका जनप्रतिनिधिले सल्ट्याउन नसकेको उपत्यकाका फोहर व्यवस्थापन, काठमाडौँको यातायात व्यवस्थापन, स्वास्थ्य, शिक्षा र रोजगारी नै अहिलेका उम्मेदवारले प्रतिबद्धताका रुपमा अघि सारेका छन् । आफ्नो उम्मेदवारी दर्तापछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै सत्ता गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार सिंहले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गठबन्धनबाट उपप्रमुखका उम्मेदवार बन्नुभएका श्रेष्ठले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघिका जनप्रतिनिधिले सल्ट्याउन नसकेको उपत्यकाको फोहर व्यवस्थापनको कार्य वैज्ञानिक तबरले समाधान गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “फोहर प्रशोधन केन्द्र स्थापना गर्नेछौँ, ट्रकमा हालेर फोहर बाहिर लैजाने अवस्थाको अन्त्य गर्नेछौँ, प्रशोधन केन्द्रमार्फत फोहरलाई मोहरमा बदल्नेछौँ ।”

काठमाडौँ महानगरलाई दीगो व्यवस्थित सहरका रुपमा विकास गर्ने, रोजगारीका लािग विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने, माध्यमिक शिक्षा निःशुल्क, रोजगरामूलक शिक्षा प्रदान गर्ने, भाषा, जातजाति, कला संस्कृतिको संरक्षण गरिने उहाँले बताउनुभयो । उहाँले आफ्नो प्रतिबद्धता नागरिकको आशाअनुरुप भएकाले कार्यान्वयन गर्न तत्पर रहेको बताउनुभयो ।

एमालेकातर्फबाट प्रमुखका उम्मेदवार स्थापितले महानगरको शिक्षा सुधार गर्ने, बस्तीको व्यवस्थित गर्ने, ट्राफिक व्यवस्थापन सहज बनाउने र सहरी पूर्वाधार विकासमा जोड दिनुभयो । सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न गर्ने, नेपालकै पूरानो क्याम्पसका रुपमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसलाई प्राज्ञिक थलोका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एमालेका उपप्रमुखका उम्मेदवार सुनिता ड¬ङ्गोलले युग परिवर्तनका लागि युवा र महिलाको प्रतिनिधित्व गर्दै आफूले मनोनयन दर्ता गराएको उल्लेख गर्दै काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताउनुभयो ।

राप्रपाका तर्फबाट कामपाको प्रमुखमा उम्मेदवार दिनुभएका मदनदास श्रेष्ठले भ्रष्टाचारमुक्त महानगर बनाउने बताउनुभयो । महानगरमा ज्येष्ठ नागरिक र बाल बाटिका निर्माण गर्ने, माध्यामिक शिक्षा निःशुल्क गर्ने, काठमाडौँलाई बसोबासका लागि उपयुक्त सहर बनाउने, अव्यवस्थित बसोबासका समस्यमा समाधान गर्ने र युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइने बताउनुभयो । रासस