१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाबाट पोखराको मेयरमा सुशीला र उपमेयरमा माधव उम्मेदवार



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले पोखरा महानगरपालिकामा पार्टीकी गण्डकी प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य सुशीला केसी अधिकारीलाई मेयरको उम्मेदवार बनाउने भएको छ। उपमेयरमा पनि पार्टीकै केन्द्रीय सदस्य माधव भण्डारीलाई उम्मेदवार बनाइने भएको छ।

पछिल्लो २ दशकयता शैक्षिक क्षेत्रमा संलग्न केसी विभिन्न संस्थाहरूमार्फत् सामाजिक विकासका मुद्दाहरूमा संलग्न रहँदै आएकी छन्।

उनले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन्। उपमेयर उम्मेदवार भण्डारी विद्युत प्राधिकरणका पूर्व सहायक इञ्जिनियर हुन्।

जनप्रकाश बहुमुखी क्याम्पसको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालिसकेका भण्डारी मानव अधिकार तथा सामाजिक सेवाका विभिन्न काममा सकृय रहँदै आएका छन्।

महिला नेतृत्वलाई प्रवर्द्धन गर्ने प्रयास अन्तर्गत पार्टीले काठमाण्डौपछि पोखरामा पनि सक्षम, इमानदार र अनुभवी नेतृलाई मेयरको उम्मेदवार बनाउन पाउँदा आफूलाई गौरवको महसुस भएको अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्।