४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आयोगले मंगलबारदेखि मतपत्र ढुवानीको काम सुरु गर्ने

आयोगले मंगलबारदेखि मतपत्र ढुवानीको काम सुरु गर्ने
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले बैशाख १३ गते (भोलि)बाट स्थानीय तह निर्वाचन २०७९ को मतपत्र ढुवानीको काम सुरु गर्ने भएको छ ।

निर्वाचन आयोग, नेपालले सोमबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकि मत पत्रको पनि छपाई कार्य जारी रहेको बताउनु भयो । उहाँका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको छ । निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी पनि दिनु भयो ।

निर्वाचन आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीहरुलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा यही बैशाख १५ गते भित्र अनिवार्य रुपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई पुनः निर्देशन दिएको छ । आयोगका प्रवक्ता शर्माले भन्नु भयो, ‘निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ । बैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी भएको छ । स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले आह्वान गर्दै आएको छ ।

आचारसंहिता विपरित हुने गरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिन्ह राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, ¥याली, भेला, बैठक, घरदैलो उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा ३ बाई ३ फिट साईजको दलको एउटा झण्डा र चुनाव चिन्ह तथा उम्मेदवारको पहिचान खुलेको ए फोर साईजको एक रङमा छापिएको विवरण बाहेक अन्य कुनै पनि सामग्री प्रयोग नगर्न, नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्तो भेटिएको उम्मेदवारले राखेको ठानी आचारसंहिता उलंघन भएको कसुरमा दलको उम्मेदवारलाई कार्वाही हुने भएकाले सचेत रहनु आयोग सम्बन्धित सबैलाई पुनः ध्यानाकर्षण गराउन चाहन्छ । साथै जुलुस, आमसभा, र्याली, बैठक आदिमा भाग लिन वा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिता विपरित हुने गरी सम्बन्धित दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि सर्ट, ज्याकेट, कमिज, गम्सा, मास्क वा लकेट लगाएमा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारवाहीको भागिदार हुन भएकाले यस्तो कार्यबाट सचेत आयोग सबैमा अनुरोध गर्दछ ।

निर्वाचन आयोगको निर्देशन बमोजिम २०७८ चैत्र १५ गते भित्र सरुवा, काज वा पदस्थापना भएर कर्मचारीहरु खटिएको कर्मचारीहरु तत्तल निकायमा खटिन वा हाजिर हुन नगएको गुनासो आयोगमा प्राप्त हुन आएकाले स्थानीय तह निर्वाचन २०७९ का लागि मतगणना तथा मतदानका लागि खटाउने प्रयोजनका लागि २०७९ बैशाख १५ गते भित्र अनिवार्य तत्काल निकायमा हाजिर हुन पठाउने व्यवस्था मिलाउन सरोकारवाला सबैमा पुन निर्देशन गर्दछ । मिति ७९ बैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजारसहित करिव ८० प्रतिशत मतपत्रको छपाई सकिएको छ । बाँकि जिल्लाको मतपत्र छाप्ने क्रम जारी छ । निर्वाचनको लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ को पर्यवेक्षणका लागि कूल ६८ वटा संस्थाले आयोगमा अनुमति लिईसकेका छन । ती संस्थाबाट करिव २० हजार भन्दा बढि पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको छ । सोको उपर आवश्यक चेकजाँच गरी आयोगले पर्यवेक्षकहरुलाई पर्यवेक्षण गर्ने मतदानस्थल समेत तोकि परिचय पत्र जारी गर्नेछ । पर्यवेक्षण अनुमति प्राप्त संघ, संस्थाका प्रतिनिधिहरुका लागि आयोगले बैशाख १४ गते अभिमुखिकरण कार्यक्रम गर्दैछ ।

आसन्न स्थानीय तह निर्वाचन २०७९ सँग सम्बन्धित सूचनाहरु आमसञ्चार माध्याम एवम् सरोकारवालाहरुका लागि सहज पहुँचसहित सम्प्रेषण गर्ने उद्देश्यले आयोगले प्रवक्ता र सहप्रवक्ताका अतिरिक्त निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोकिएको छ । सहसचिव निर्वाचन आयोग तुलसीबहादुर श्रेष्ठ, सहन्यायाधिवक्ता निर्वाचन आयोग गुरु वाग्ले ।’

निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाहरुले अनुमति लिएको पनि जनाएको छ । ती संस्थाका करिव २० हजार पर्यवेक्षकहरुलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताउनु भयो ।

निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ । आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उहाँहरुलाई पनि निर्वाचनको सूचना दिनका लागि निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोक्नु परेको प्रवक्ता पौडेलले बताउनु भयो ।