• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

एमालेबाट भिमाद मेयरमा सुवेदी र उपमेयरमा खनालको उम्मेदवारी दर्ता



तनहुँ । नेकपा एमालेबाट भिमाद नगरपालिका प्रमुखमा दधिराज सुवेदि तथा उपप्रमुखमा शारदा खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार दिउँसो दलबल र बाजागाजासहित एमालेले उम्मेदवारी दर्ता गराएको हो ।

मेयरका उम्मेदवार सुवेदी सिनियर कम्युनिष्ट नेता हुन् । तत्कालीन ओली सरकारको पालामा उनी भूमि आयोग तनहुँका अध्यक्ष थिए भने जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यसमेत हुन् ।

यस्तै उपमेयरका उम्मेदवार खनाल यसअघि २०७४ को निर्वाचनमा अत्यधिक मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् । उनले पुनः उपमेयरमा उम्मेदवारी दिएकी हुन् ।