७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी अत्यन्तै विपद्को जोखिममा छौं: सुशील ज्ञवाली



अ+ अ-

वि.सं. २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको थियो । जसमा देशभर ९ हजार बढी मानिसले ज्यान गुमाए भने लाखौँ संरचना ध्वस्त भए । बिनासकारी भूकम्प गएको आज सात वर्ष पूरा भएको छ । भूकम्प गएको सात वर्ष पूरा हुँदा क्षति पु¥याएका संरचनाहरुको पुनःनिर्माणले पूर्णता पाउँदै गएका छन् । केही संरचना अझै पनि बाँकी नै छन् ।

यस भूकम्पबाट नेपालले के पाठ सिक्यो त ? आगामी दिनमा यस्ता विनाशाकारी प्राकृतिक प्रकोपबाट बच्न नेपालले कस्ता कदमहरु चाल्नुपर्छ ? भूकम्पबाट आगामी दिनमा क्षति कसरी कम गर्ने भन्ने बारेमा न्यूज एजेन्सी नेपालले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक शुसील ज्ञावलीसँग कुराकानी गरेको छ ।

२०७२ साल वैशाख १२ गते आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको सम्झनामा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश

  •  गोरखा भूकम्पको ७ वर्ष हेर्दा वा सम्झँदा कहाली लाग्छ तर पनि भोगेर यहाँसम्म आइयो । पुनःनिर्माणको नेतृत्व गरेको हिसावले गोरखा भूकम्पलाई कसरी सम्झनुपर्छ ?

गोरखा भूकम्पले दिएको सबैभन्दा ठूलो सन्देश भनेको हाम्रा जतिपनि भूकम्पबाट क्षति हुन्छन्, त्यो क्षति भूकम्प आफैँले ल्याउने भन्दा भूकम्प माध्यम बन्दो रहेछ । हामीले बनाएका संरचनाहरु कमजोर भएका कारणबाट मानवीय भौतिक सबै खालका क्षति हुँदा रहेछन् । एउटा ठूलो सन्देश राजनीतिक तह, जनस्तर सबैको लागि दिने कुरा हो भनेर सम्झनु पर्ने जस्तो लाग्छ । दोस्रो कुरा गोरखामा आएको भूकम्पले हामीलाई घण्टी बजाइदियो । हामी भूकम्पीय जोखिमको क्षेत्रमा छौँ । जोखिमा भएको हिसावले धेरै ठूलो क्षति हुनसक्छ भनेको हिसावको सन्देश दियो ।

त्यो भूकम्पले ९ हजार भन्दा बढीको ज्यान गयो । २२ हजार भन्दा बढीको अङ्गभङ्ग हुने स्थिति भयो । ७ खर्ब रुपैयाँ बराबरको आर्थिक रुपमा क्षति भयो । यो एउटा पाटो छ । यसरी हामीलाई त्यो भूकम्प यदि विद्यालय लागि रहेको दिन आइतवारदेखि शुक्रवारसम्मको दिउँसो समय हुन्थ्यो भने हाम्रो अध्ययनले देखाएको छ कि, १ लाख ८० हजार विद्यार्थीहरु ध्वस्त भएका कक्षा कोठामा विद्यार्थीहरु पढीरहेका हुने थिए । त्यसले कुन लेभल (स्तर) को भयावह स्थिति सिर्जना हुने थियो । यदि त्यस्तो भएको भए ।

कल्पना गर्दा पनि डर लाग्छ । भूकम्प दिउँसो आयो । यदि राति सुति रहेको बेलामा हुने थियो भने हामीले सोचेको भन्दा धेरै जनधनको क्षति हुनेथियो । कतिपय भूकम्पले अति प्रभावित जिल्लामा ९० प्रतिशत घरहरु ध्वस्त भएका छन् । अर्को मान्छेहरुको क्षति कस्तो हुन्थ्यो होला ? अत्यन्तै वर्षाको समय भएको भए कस्तो हुन्थ्यो होला ? त्यो हिसावले हेर्दा क्षति भयो तर त्यो ढोका ढकढकाउने वा घण्टी बजाउने तहको मात्रै क्षति हो । त्यो भन्दा ठूलो क्षति हुनसक्ने थियो ।

त्यसले गर्दा हामीले २०७२ सालको भूकम्पबाट लिने शिक्षा भनेको हामी भूकम्पको जोखिममा छौं । यो मात्रै नभएर बाढी,पहिरो लगायतको धेरै कुराहरु छन् । हामी अत्यन्तै विपद्को जोखिममा छौं । त्यसैले जोखिम व्यवस्थापनका लागि जोखिम न्यूनिकरणका हिसावले हामीले तत्काल पाइला चाल्नुपर्छ भन्ने कुरा २०७२ साल वैशाख १२ को भूकम्पले दिएको छ । हामीले छोटोमा यसरी सम्झनुपर्छ जस्तो लाग्छ ।

  • बैशाख १२मा भूकम्प गयो, सँगसँगै अर्को भूकम्प पनि गयो, त्यसपछि पुनःनिर्माण प्राधिकरण सरकारले गठन ग¥यो, त्यसको नेतृत्व पनि गर्नुभयो । प्राधिकरणले केही हदसम्म राम्रो काम पनि ग-यो । पुनःनिर्माणको हिसावले र भूकम्पीय जोखिमलाई हेर्दा हामीले के सिक्यौँ, भूकम्प गएपछि पुनःनिर्माणको अवस्था कस्तो हुँदोरहेछ, यसलाई कसरी हेर्ने ?

भूकम्पपछि भएको पूनःनिर्माणको समग्र कामको मूल्याङ्कन आज पछाडि फर्केर हेर्दा के बुझ्नु पर्छ भने भूकम्पपछि हामी सबैको अनुभव हाम्रो मुलुक फेरि पहिलाकै अवस्थामा माथि उठ्नको निम्ति धेरै जटिल छ सक्दैन होला ? भन्ने राष्ट्रिय स्तरको आत्माविस्वास र पुरानो अनुभवको हिसावले सानासाना बाढी, पहिरो लगायतका कुराको पनि पुनःनिर्माण र पुनःस्थापनाको काम हुनसकेको अवस्थामा धेरै जटिल वा गाह्रो छ । अन्तर्राष्ट्रिय समुदायले पनि नेपालले पुनःनिर्माण सम्भव गर्न सक्ला कि नसक्ला भन्ने थियो । संविधान निर्माणको एकदमै संक्रमणकालीन अवस्थामा गुज्रिरहेको थियो । त्यो बेलामा सम्भव छैन भन्ने खालको स्तिति थियो । तर हामीले पछिल्लो चरणमा सम्पन्नताको स्टेजमा पु¥यायौं । धेरै आरोह अवरोहका बीचबाट गएर भूकम्पछिको पुनःनिर्मााणको सम्पन्नताको अवस्थामा पु-यायौं । नेपालका पुनःनिर्माण सक्सेसफुल मोडलको रुपमा संसारका सामु र हाम्रा भावी पुस्ताका सामु पनि हामीले प्रश्तुत गरेका छौं ।

यो भन्दा अन्य धेरै काम गर्न सकिने थियो । तर जुन सीमामा रहेर काम गर्नुपर्ने थियो त्यसमा प्राधिकरणले सफल ग¥यो । सफल हुनमा नेपाल सरकारले पुनःनिर्माण संरचना छुट्टै खडा गरेर गयो । सरकारको नियमित कार्यप्रणाली भित्रबाट गएनौं । विशिष्ट खालको कानूनि प्रक्रिया, संस्थागत संरचना,वित्तीय व्यवस्थापन, जनशक्तिको परिचालन र तालिमको उपलब्धताको सुनिश्चितता खालको ढाँचा गरायौं ।

त्यो ढाँचा प्रयोग गर्दा राष्ट्रिय स्तरको सहमति आवश्यक रहन्छ भनेर प्रधानमन्त्री अध्यक्ष प्रमुख प्रतिपक्ष दलको नेता उपाध्यक्ष हुने गरेर अन्य दलका नेताहरुलाई समेटेर संयन्त्र बनायौं । जिल्ला तहमा तीन वटै तह र सरकारी कर्मचारी बसेर निर्णय गर्ने अवस्था सिर्जना ग-यौं । समन्वयात्मक कुरा र निर्णय गर्ने तत्काल गर्ने कुराहरुमा ध्यान दियौं । जनता नै बढीभन्दा बढी परिचालित गरेर जनताकै स्वामित्व र अपनत्वमा काम अगाडि लैजानुपर्छ भनेर योजना बनायौं । त्यो अत्यन्त महत्वर्पूण थियो । अहिले जति पनि घरहरु बनेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले माथि बसेर गरेको काम के हो भने जनतालाई घर बनाउने कुरामा सहयोग मात्रै उपलब्ध गराएको हो । जनता आफैँले घर बनाएको हो । हामीले प्राविधिक सहयोग ग-यौं । इन्जिनियहरु गाँउगाँउ, घरघरमा पुग्ने वातावरण बनायौं । निर्माणकर्मी उत्पादन गरेर गाँउगाँउमा पुग्ने अवस्था बनायौं । घर बनेपछि सिधा जनताको बैंक खातामा पैसा पुग्ने अवस्था बनायौं । प्रविधिको विकास गरेर जनस्तरमा हस्तान्तरण गर्ने ढाँचामा लिएर गयौं । यो फेमवर्कबाट हामीले समग्रमा जनताको परिचालन गरेका थियौं । अबको दिनमा हामीले कसरी सिक्ने भनेर हेर्दा विशिष्ट संस्थाको ंसंरचना,विशिष्ट कानूनि प्रक्रिया, संस्थागत संरचना,वित्तीय व्यवस्थापन, जनशक्तिको परिचालन र तीन तहको सरकार र जनताबीच समन्वयात्मकता बनाएर काम गर्न सक्यो भने यति ठूलो विपद्हरुको जोखिमबाट आएको क्षति छ त्यसको व्यवस्थापन गर्न सकिने रहेछ भन्ने कुरामा पाठ हामीले यो बीचमा सिकेका छौं ।

  • अहिले प्राकृतिक प्रकोप वा विपद्कोहरु प्रविधिले गर्दा पूर्वानुमान गर्न सकिने भएको छ । तर भूकम्पको पूर्वानुमान गर्न सक्ने अवस्था छैन, बनेका संरचनालाई हेरेर यसले भूकम्प थाम्न सक्छ भन्ने मात्रै हो । नेपालको भूमिलाई हेर्दा सधैँ भूकम्पीय जोखिम रहेको क्षेत्र हो । भूकम्पले क्षति पु¥याएका ठाउँमा पुनःसंरचनाहरु भए तर नेपाल आफैँ जोखिमको क्षेत्र भएको र यसअघिका भूकम्पले असर नगरेका क्षेत्रपनि जोखिमका क्षेत्रहरु हुन् । त्यस्ता क्षेत्रलाई कसरी हेर्ने, जोखिम न्यूनिकरण योजनामा के गर्ने ?

विगतमा हामीले ठूलो सफलता भयो भन्दा भन्दै त्यो सफलताबाट प्राप्त भएका अनुभव र सिकाइका जगमा उभिएर अब हाम्रो मुलुकलाई विपद्बाट सुरक्षित बनाउन हाम्रो मार्गचित्र हामी कसरी जाने भन्ने कुरा महत्वपूर्ण छ । अब त्यसको लागि केही काम गर्नुपर्छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा बस्दा यो कुरालाई विचार गरेर दुई तीन वटा कामहरु गरेका छौं ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विपद्पछाडि मात्रै जन्म लियो । यस्तो स्वायत्त संरचना चाहिने रहेछ । वित्तीय,कानूनि,जनशक्ति, प्रशासनीक हिसावको अधिकार सम्पन संरचना चाहिन्छ भन्ने थाहा भयो । हामीले विपद् व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरण बनायौं । त्यो दिशामा उपलब्धी हासिल गरेका छौं । त्यो ऐनले तीन वटै तहका सरकारमा विपद् व्यवस्थापनको निम्ति समग्र साइकल जोखिम न्यूनिकरण,आपतकालिन उद्धार र राहतका कुराहरु होस् वा पुनःनिर्माण र पुनःस्थापनाका कामहरु हुन् ।

सबै कामहरु गर्ने गरी अधिकार र जिम्मेवारी दिएको अवस्था छ । तीन वटै तहको सरकारमा संस्थागत संरचनाहरु बनेको छ । सुदूरपश्चिम र मध्यमपश्चिमको क्षेत्र विगत ५ सय वर्षदेखि भूकम्पको इनर्जि जम्मा भएर बसीरहेको छ । त्यो कुनै पनि बेलामा फुट्न सक्छ । त्यसले पु¥याउने क्षति भयावह छ । यस्तो क्षतिबाट जोगाउनको लागि हामीले के गर्नुपर्ने हरेछ भने इन्जिनियर प्रविधि बिना प्रयोग गरेर बनेका घरहरुमा इन्जिनियरिङ प्रविधि र प्रवलिकरणका प्रविधि प्रयोग गरेर बलियो बनाउन सकिन्छ भन्ने बुझ्यौँ ।

त्यसको लागि सुरक्षित आवास कार्यक्रम बनायौं । जहाँ खरका छानाहरु हट्ने र आगलागि जस्ता घटना कम हुने, प्रवलिकरण गरेर घर बलियो बनाउने कुरा कार्यन्वयन गर्नुपर्ने देखिएको छ । बाढी पहिरो लगायतको बहुप्रकोपीय जोखिमा छौं हामी । त्यसो भएकाले अब कुन स्थानीय तहमा कस्तो खालको जोखिम छ भन्ने कुरा थाहा हुनुप-यो । त्यसको लागि विपद् जोखिम नक्शाङ्कन प्रत्येक पालिका र वडाको तयारी गर्ने अभियान अगाडि नै भएको छ । अब यसलाई नक्शापास गर्दा यस्तो ढाँचामा लिएर जानुपर्छ । पू

र्वसूचना प्रणाली बाढी पहिरोेको विकास गर्न सकिन्छ । पूर्वसूचना प्रणाली स्थानीय जनतालाई दिने गरी प्राधिकरणले काम गरेर जानुपर्छ । विपद् आउँदा उद्धारको लागि तयारी अवस्थामा बस्नुपर्छ । वडादेखि केन्द्रसम्म आपतकालिन राहत र उद्धार प्रणालीको केन्द्र बनाउनु पर्छ । हामीले त्यो खाका बनाएका थियौं । वडा तहमा सामान्य किसिमको सामग्री चाहिन्छ । माथि अर्को लेभलमा चाहिएला । त्यो गराउने बितिकै आपत्कालिन उद्धार राहत र जनतालाई स्वयंसेवी भावनाका साथ सबैलाई परिचालान गर्ने सामुहिक संरचना बनाउनु पर्ने छ ।

त्योसँग जोडने बितिकै आपत्कालिन राहत र उद्धारका काम नजिकको जनता र सरकार परिचालन हुने स्थिति बन्नसक्छ । त्यो कुरा तयारी अवस्थामा छ । धेरै विद्यालय र स्वास्थ संस्थाहरु क्षतिमा गयो अरु ठाँउका विद्यालय पनि त्यस्तै हुने त्यसलाई जोगाउनका निम्ति हामीले स्टक्चर इन्टिगेट एसिसमेन्ट सिस्टम भनेर हाम्रो सबै स्टक्चर हिसावले सबै शिक्षण संस्थाहरु, सबै स्वास्थ्य संस्थाहरु र सरकारी कार्यालयहरुको भूकम्प प्रतिरोधात्मक क्षमता के छ भनेर अध्ययन गर्न विश्व बैंकसँग सम्झौता गरेर कार्यक्रम अगाडि बढाइसकेका छौं ।

त्यसलाई कार्यान्वयन गरेर तत्काल अगाडि बढाउने बितिकै हामी ती संरचनाहरुलाई सुरक्षित गर्न सक्छौं । समग्र अनुभवका साथ हामीले नेपाल डिजास्टर फेर्मवर्क भनेर उत्थानशील नेपाल,सुरक्षित नेपाल निर्माणसम्बन्धि एउटा खाका बनाएका छौं । जसलाई अन्तर्राष्ट्रिय समुदायका बीचमा पनि हामीले प्रश्तुत गरेर अन्तर्राष्ट्रिय सम्मेलनको बेला छलफल र संवाद गरेर निस्कर्षमा पु-याएका छौं । अब जरुरी के छ भने निर्णय गर्ने, त्यसको कार्यान्वयनको खाका बनाएका छौं । त्यसलाई तत्काल कार्यान्वनमा लिएर जाने र कार्यान्वयन गर्दा तीन वटै सरकारको कार्यविभाजन गर्न जरुरी छ । अन्तिर्राष्ट्रिय दातृनिकायहरुले सामुहिक रुपमा ग्रिन भन्ने फेमवर्क पास गरेको छ ।

नेपाल सरकार र दातृनिकायहरुले सम्झौता गरेको छ । हरित,उत्थानशील र समावेशी विकासको एउटा ढाँचा सम्झौता गरेर काम अगाडि बढाएको छ । दातृनिकायहरुले अर्बौं रुपैयाँ सहयोग गर्नसक्छौं भनेको छ । अब हामी जो जहाँ नरे छौं । त्यही भित्रबाट सुरक्षित नेपाल निर्माण गर्ने अभियान शुरु गर्न थालेका छौं । आफ्नो ठाउँबाट योगदान गर्न सकौं । सन् २०३० सम्म गरिसक्ने योजना बनाएका छौं । आजको दिन त्यो लक्ष्य पूरा गर्न प्रण गर्ने दिन हो जस्तो लाग्छ मलाई ।