१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले युक्रेनमा दूतावास फेरि खोल्ने



अ+ अ-

किभ । अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ । अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गर्नु भएको छ । रुसले युक्रेनमाथी आक्रमण गरेपछि आफ्नालागि किभ असुरक्षित रहेको भन्दै अमेरिकाले दूतावासका सबै कर्मचारीहरुलाई फिर्ता बोलाउदै दूतावास अनिश्चितकालका लागि बन्द गराएको थियो ।

अहिले भने युक्रेनलाई थप सहयोगको आवश्यकता परेको र त्यसका लागि दूतावासमार्फत गर्नु पर्ने भएकाले दूतावास खोल्न लागिएको अमेरिकी अधिकारीहरुको भनाई छ । अमेरिकाले युक्रेनलाई विभिन्न आधुनिक हतियार र नगद समेत सहयोग दिने घोषणा गरिसकेको छ । केही सहयोग भने यसअघि देखि नै दिदै आएको थियो ।

दुई महिना हुँदा पनि रुसले आक्रमण नरोकेपछि अमेरिकाले थप सहयोग गर्ने निश्कर्ष निकाल्दै दूतावास फेरि सञ्चालन गर्ने तयारी गरेको बताइएको छ । रुसले युक्रेनमा गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको हो । आक्रमणका कारण सयौँको मृत्यु भएको छ भने अरु कैयौ घाइते भएका छन् । त्यसैगरी हजारौँ विस्थापित भएका छन् ।

दुई पक्षीय भिडन्तका कारण युक्रेनलाई ठूलो भौतिक तथा आर्थिक क्षति पनि भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वकै आर्थिक तथा राजनीतिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ । (रासस/एएनआई)