११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाका कांग्रेसको मेयरको उम्मेदवार परिवर्तन, श्रेष्ठको टिकट खोसियो, पन्तलाई दिने निर्णय



अ+ अ-

काठमाडौँ । गोरखा नगरपालिकाको मेयरको टिकट वर्तमान मेयर राजनराज पन्तले पाएका छन् । यसअघि मेयरको टिकट विश्वदेव श्रेष्ठलाई दिइएको थियो ।

पार्टी जिल्ला सभापति नन्दप्रसाद न्यौपानेसहित तीन केन्द्रीय सदस्यले जिल्लाको वस्तुगत अवस्थाका बारेमा केन्द्रमा जानकारी गराएपछि उम्मेदवार परिवर्तन भएको हो ।

जिल्लाको रायबिना आफूखुसी उम्मेदवार तोकेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए । विश्वदेव श्रेष्ठको उम्मेदवारीलाई जिल्लाका नेता तथा कार्यकर्ताले स्वीकार नगरेको तथा पार्टी कार्यालय तालाबन्दी हुँदा अन्य उम्मेवारले मनोनयन गर्नसमेत नपाएको कारण देखाउँदै श्रेष्ठको टिकट खोसिएको स्रोतले बतायो ।

यसअघि मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै केही कार्यकर्ताले हातपात गरेका थिए । मेयरका लागि टिकट लिएर फर्केका उनी जिल्ला सदरमुकामको बैंकरोडस्थित दीपक डिजिटल फोटो स्टुडियोमा फोटो खिचाउन पसेका बेला स्टुडियोभित्रै पसेर उनीमाथि केही युवाले हातपात गरेका थिए ।