२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाका कांग्रेसको मेयरको उम्मेदवार परिवर्तन, श्रेष्ठको टिकट खोसियो, पन्तलाई दिने निर्णय



अ+ अ-

काठमाडौँ । गोरखा नगरपालिकाको मेयरको टिकट वर्तमान मेयर राजनराज पन्तले पाएका छन् । यसअघि मेयरको टिकट विश्वदेव श्रेष्ठलाई दिइएको थियो ।

पार्टी जिल्ला सभापति नन्दप्रसाद न्यौपानेसहित तीन केन्द्रीय सदस्यले जिल्लाको वस्तुगत अवस्थाका बारेमा केन्द्रमा जानकारी गराएपछि उम्मेदवार परिवर्तन भएको हो ।

जिल्लाको रायबिना आफूखुसी उम्मेदवार तोकेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए । विश्वदेव श्रेष्ठको उम्मेदवारीलाई जिल्लाका नेता तथा कार्यकर्ताले स्वीकार नगरेको तथा पार्टी कार्यालय तालाबन्दी हुँदा अन्य उम्मेवारले मनोनयन गर्नसमेत नपाएको कारण देखाउँदै श्रेष्ठको टिकट खोसिएको स्रोतले बतायो ।

यसअघि मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै केही कार्यकर्ताले हातपात गरेका थिए । मेयरका लागि टिकट लिएर फर्केका उनी जिल्ला सदरमुकामको बैंकरोडस्थित दीपक डिजिटल फोटो स्टुडियोमा फोटो खिचाउन पसेका बेला स्टुडियोभित्रै पसेर उनीमाथि केही युवाले हातपात गरेका थिए ।