१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगरमा सिटौला निकट पाण्डेको टिकट खोसियो



अ+ अ-

काठमाडौं । प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै कांग्रेस केन्द्रीय संसदीय बोर्डले मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई टिकट दिएको थियो । तर उनको टिकट खोसेर बुढाथोकी कांग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका छन् ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो । उनले हस्तक्षेप गरेपछि बुढाथोकीलाई मेचीनगर प्रमुखको उम्मेदवार बनाइएको हो ।

पाण्डे नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । कांग्रेस प्रदेश नं १ सभापति उद्धव थापाले पाण्डेलाई मेचीनगर प्रमुखको टिकट दिएका थिए । थापा पनि सिटौला खेमाका हुन् ।