काठमाडौँ । ललितपुर महानगरपालिकामा उपमेयर पदमा नेपाली कांग्रेसका नेता सुविनकुमार शाक्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्तारुढ दलबीच भएको सहमतिअनुसार ललितपुरको उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै शाक्यले सोमबार बिहान उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।