४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल

निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल
अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरुबीच आज छलफल भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलको सहभागिता थियो ।

नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथीलगायत अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको उक्त बैठकमा सेनाको युद्धकार्य निर्देशनालयबाट निर्वाचनका लागि नेपाली सेनाले हालसम्म गरेका कार्य प्रगति तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने विषयमा प्रस्तुतीकरण गरिएको नेपाली सेनाले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचन–२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी आपसी समन्वय र सहकार्यका साथ प्रभावकारीरूपमा कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको थियो । रासस