• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

हिसाब किताब जिन्दगी



कति नाफा कति घाटा जीवन ?

हिसाबै बाँकी छ,

कति बग्यो परेलीमा आँशुको भेल ?

मेरो मझेरी साक्षी छ,

तिम्रो प्रेमले के सिँचेला र खै ?

उराठ यो जिन्दगीलाई,

तर दुई शब्दै भए पनि मिठो त बोलिदिन्छौ !

यो दुःखीलाई त्यही नै काफी छ ।