१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

“सफा हिमाल अभियान २०२२” को टोलीहरु आधार शिविरमा



अ+ अ-

काठमाडौँ । सगरमाथा, ल्होत्से, कञ्‍चनजंघा र मनास्लु गरी ४ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा संचालित “सफा हिमाल अभियान २०२२” मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरु योजनानुसार आ-आफ्नो आधार शिविर (Base Camp)मा पुगेका छन् ।

सफाइ अभियान अन्तर्गत सगरमाथारल्होत्सेमा खटिएका टोली मिति २०७९/०१/०१ गते, कञ्‍चनजंघामा खटिएका टोली ऐ.०८ गते र मनास्लुमा खटिएका टोली ऐ.०९ गते आधार शिविर (Base Camp) मा पुगेका हुन् ।

आधार शिविरमा पुगेका टोलीहरुले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्‍चात स्थानीय संस्कार अनुसारको पुजाआजा सम्पन्‍न गरेका छन् । बेश क्याम्प पुगे पश्चात उक्त टोलीहरुले फोहोर संकलन गर्ने कार्य शुरु गरेका छन् ।

हिमाल सफाई जस्तो पवित्र कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरु र स्थानीयवासीहरुसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन कार्य मिति २०७९ जेष्ठ २२ गतेसम्म संचालन गर्नेछन् ।