२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच सम्झौता



अ+ अ-

काठमाडौँ । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (LLG) सम्झौता भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मिड बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गर्नुभयो ।

सम्झौताका मुख्य विशेषता कुनैपनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोष (CREF) ले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यस अन्तर्गत सुरुमा यस जमानतले रु. १० करोड सम्मको सुरक्षण प्रदान गर्नेछ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) को वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोष (CREF) ले UKAid को सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्ड (SECF) को स्थापना गरेको छ । SECF ले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ । यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवद्र्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उदेश्य लिएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्च पदस्त कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको छ ।