२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोलाए संसदीय समितिको बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी संसदीय समितिको बैठक बोलाउनुभएको छ ।

उहाँले आज साँझ ६ बजे बस्नेगरी बैठक डाक्नुभएको हो । महानगर र उपमहानगरपालिका मेयर उपमेयरको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटार बैठक बोलाइएको हो ।

कांग्रेसले टिकट वितरणका लागि आजै दिउँसो मात्रै संसदीय समिति गठन गरेको थियो । नेपाली कांग्रेसको विधानमा संसदीय समितिबाट निर्णय गरेर टिकट बाँड्ने व्यवस्था रहेको छ ।