२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा भत्कियो गठबन्धन, नेकपा एसको अलग्गै उम्मेदवारी



अ+ अ-

ललितपुरः सत्तारूढ गठबन्धनबीच महानगरपालिकामा उम्मेदवारहरु तय गर्दा भागबन्डा भए पनि त्यस विपरीत माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिने घोषणा गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) ललितपुरका अनुसार पार्टीले प्रमुखमा हरिकृष्ण थापा र उपप्रमुखमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा भएको सहमतिमा ललितपुरको प्रमुख (मेयर)मा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको थियो । जुन निर्णयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि हस्ताक्षर गर्नु भएको थियो ।

यी दुबै दलका प्रदेश कमिटीले ललितपुरका बाँकी पालिकामा पनि आइतबार भागबन्डा गरेका थिए। उक्त भागबन्डामा उनीहरूले एकीकृत समाजवादीलाई कुनै पालिकामा पनि प्रमुख र उपमप्रमुख दिएका थिएनन्।

महाँङ्काल गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ। कांग्रेस र माओवादीले आफूहरूलाई एउटा पनि पालिका नदिएर राजनीतिक दम्भ देखाएको एकीकृत समाजवादीको गुनासो छ ।

गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख नै कांग्रेसले लिएको छ। महालक्ष्मी नगरपालिकाको प्रमुख नेकपा माओवादी केन्द्रलाई र उपप्रमुख कांग्रेसले लिएको छ।

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष कांग्रेसले लिएको छ। बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ।