१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीमा महानगरपालिकाका उम्मेदवारको अन्तिम टुंगो लगाउने भएका छन् ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गठित संसदीय समितिको बैठकले महानगरमा पार्टीको तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्नेको नाम टुंगो लगाउने जिम्मेवारी देउवालाई दिएको हो ।

निरन्तर छलफलमा जुटेको कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकामा प्रमुख तथा पोखरा, भरतपुर र वीरगन्ज महानगरपालिकामा उपप्रमुखको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।