३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात किलो सेतो हेरोइनसहित विदेशी पक्राउ (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रहरीले लागुऔषध (सात किलो सेतो हेरोइन) सहित दुई विदेशीलाई पक्राउ गरेको छ । नेपाललाई ट्रान्जिट बनाइ लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।

वैशाख पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेशवर्गबाट कतारको दोहो हुँदै काठमाडौँ आएका जिम्बावेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेट जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनले सुटकेसमा फल्स बटम बनाइ लुकाएर ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको थियो ।

उक्त लागुऔषध लिन आएका भारतका ललनुन्पुइलाई पनि पक्राउ गरिएको जनाइएको छ । दुबैलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उक्त लागूऔषधको बजार मूल्य रु १४ करोड रहेको व्यूरोले जनाएको छ ।

हुलाकमार्फत पनि लागुऔषध ओसारपसार

यसैबीच प्रहरीले हुलाकमार्फत पनि लागुऔषध ओसारपसार भएको फेला पारेको छ । लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार बेलायतबाट आएको हुलाक पार्सलमा लागुऔषध फेला परेकाले उक्त घटनामा संलग्न रहेका पर्साका राजशिखर गुप्तालाई पक्राउ गरिएको छ ।

अनुसन्धानमा हुलाकमार्फत आएको क्याण्डी चक्लेटमा गाँजा र चरेसको मात्रा फेला परेको र उक्त सामग्री डेलिभरी गर्ने क्रममा गुप्ताले लिएको फेला परेको जनाइएको छ ।

अनुसन्धानका क्रममा उनको घरमा बेलायतबाट पार्सल गरी आएको ५०० ट्याब्लेट फेला परेको र त्यसको परीक्षण गर्दा एम्फेटामिन रहेको पत्ता लागेको थियो । लागुऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरी पठाएको उक्त मुद्दामा गुप्ता पूर्पक्षका लागि कारागार चलान भएका छन् ।




भर्खरै