२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस भरतपुरमा विद्रोह, पूर्वसांसद पौडेलले मेयरमा उम्मेदवारी दिने



अ+ अ-

चितवनमा नेपाली कांग्रेसभित्र विद्रोह भएको छ । विगतको स्थानीय तहको निर्वाचनझैँ भरतपुर महानगरपालिकामा मेयर पद यसपटक पनि माओवादी केन्द्रलाई दिने केन्द्रको सहमतिविरुद्ध चितवनमा विद्रोह भएको हो ।

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले उम्मेद्बारी दिने घोषणा गरेका छन् । उनले कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् ।

पौडेलले कांग्रेस महासमिति सदस्य मीना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् । उम्मेद्बारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो ।

भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए ।