९ बैशाख २०८२, मंगलवार
April 22, 2025 Tuesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.12

Wind: 2.06

Humidity: 64

तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उमेदवार



अ+ अ-

काठमाडौं । राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको छ । पार्टीका उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उमेदवारको रुपमा खडा गरेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो ‘हामीले जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय तहमा उमेदवार छनौटमा छलफल गरिरहेका छौं, अधिकांश उमेदवार छनौट भइसकेका छन्, आज साँझसम्म सबै तहको उमेदवारी टुंगोमा लगाउछौं, वीरेन्द्रनगरमा केन्द्रीय उपाध्यक्ष गिरीको उमेदवारी टुंगो लागेको छ।’