४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जसपाको घोषणापत्र सार्वजनिक: प्रत्येक नगरमा ५०० लाई रोजगारी, माविसम्मको शिक्षा निःशुल्क

जसपाको घोषणापत्र सार्वजनिक: प्रत्येक नगरमा ५०० लाई रोजगारी, माविसम्मको शिक्षा निःशुल्क
अ+ अ-

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणापत्रको सार्वजनिक पार्टीका पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक कुमार राई, नेताहरु महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, प्रकाश अधिकारी र दुर्गा सोबले संयुक्त रुपमा गर्नुभएको थियो । घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमार्फत् लोकतन्त्रलाई सही अर्थमा जनताको घर दैलोमा पु¥याउनु आफ्नो पार्टीको मुख्य ध्येय भएको बताउनुभयो । स्थानीय तहलाई टोल–टोलसम्म जनताको सहभागितामा सञ्चालन गर्ने उहाँले उल्लेख गर्नुभयो । लोकतन्त्रलाई समावेशी, समानुपातिक र सहभागितामूलक बनाउन आफ्नो पार्टीको प्रयास रहने उहाँले बताउनुभयो ।

सार्वजनिक शिक्षालाई निजी शिक्षा भन्दा उन्नत बनाउने, सामाजिक सुरक्षा भत्ता घरघर सम्म पु¥याउने, पालिकाहरुले भू–उपयोग योजना बनाएर मात्रै बस्ती बनाउन सक्ने लगायतका योजनाहरु पार्टीको घोषणापत्रमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘हामीले समुन्नत संघीय समाजवादको नयाँ वैचारिक धारा अगाडी सारेका छौँ । यसले लोकतन्त्रलाई पनि समावेशी, समानुपातिक र सहभगितामुलक लोकतन्त्रको अभ्यास गर्छ । औपचारिक लोकतन्त्रको मात्रै हामी कुरा गर्दैनौँ । तल तलसम्म लोकतन्त्रको सही अभ्यास हामी गर्छौ । सुशासन र सदाचारको जुन हामीले कुरा गरेका छौँ, त्यसमा हामीले जनतासँग नै जोडेर टोल–टोलसम्म हामीले जनताको सहभागितामा स्थानीय तहलाई सञ्चालन गर्ने । र खुल्ला र पारदर्शी ढंगले काम गर्ने ।

जनसभाहरु गर्ने, जनताका अभिमतहरु लिने, सुझाव संकलन गर्ने र हामीले गरेका जुन कामहरु हुन्छन्, त्यसलाई पारदर्शी ढंगले राख्ने, र जनतालाई नै संलग्न गराउने कुरा हामीले गरेका छौँ । त्यस अर्थमा लोकतन्त्रलाई अझ उन्नत बनाउने, अझ सहभागितामूलक बनाउने र सबै समुदाय, जाति, क्षेत्र, लिङ्गहरुको सहभागिता सुनिश्चित गर्ने । यो कुरालाई हामीले उच्च प्राथमिकता दिएका छौँ । सामाजिक सुरक्षा वितरण गर्ने कुरा र शिक्षा, स्वास्थ्य जस्ता सेवा जनतालाई प्रत्यक्ष पु¥याउने काम स्थानीय तहले गर्छन् । त्यसलाई बढी प्रभावकारी ढंगले हामीले गर्छौ । ताकि लोकतन्त्र सही अर्थमा जनताको घरदैलोमा पुगोस् ।’

जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले जसपाले जितेको पालिकामा कृषिमा आधारित ग्रामिण स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । प्रत्येक पालिकामा ५० शैय्याको अस्पताल, प्रत्येक वडामा स्वास्थ्य चौकी र प्रत्येक व्यक्तिलाई स्वास्थ्य बीमा गराउने आफूहरुको योजना रहेको उहाँले सुनाउनुभयो । प्रत्येक घरमा विद्युतिकरण गर्नेदेखि ग्रामिण वातावरणलाई सुधारेर स्वच्छ बनाउने सम्मका योजना पार्टीको घोषणापत्रमा रहेको उहाँले बताउनुभयो ।

जसपाले सुशासन र पारदर्शीतालाई स्थानीय तहमा स्थापित गराउन पार्टीको ध्यान जाने बताएको छ । स्थानीय तहको सेवालाई अझ प्रभावकारी बनाउँदै यातायातको सुविधा नभएको ठाउँमा घर–घरमा टोली पठाएर सेवा पु¥याउने घोषणापत्रमा उल्लेख गरिएको छ । विकास निर्माणको काममा प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर मात्र गरिने उल्लेख गरिएको छ ।

करको दायरालाई बढाएर करको दरलाई भने घटाउने जनाइएको छ । त्यसैगरी जसपाको घोषणापत्रमा पालिकाको वरिपरि रिङ रोड निर्माण गर्ने, पालिका र वडा जोड्ने सडक निर्माण गर्ने उल्लेख गरिएको छ । पालिकामा महत्वपूर्ण योजना बनाउँदा सर्वदलीय सहमती गरेर अगाडी बढ्ने बताइएको छ । खानेपानीलाई २०० युनिट सम्मको शुल्क मिनाहा गर्ने, आधुनिक शौचालय निर्माण गर्न प्रत्येक परिवारलाई १० हजार रुपैयाँ अनुदान दिने, ढलको व्यवस्थापन गर्न गुरुयोजना बनाएर काम गर्ने लगायतको योजना बनाइएको छ ।

त्यसैगरि व्यवसायिक शिक्षालाई जोड दिदै हरेक पालिकामा एउटा नुमना माध्यामिक शिक्षा सञ्चालन गर्ने, हरेक स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा एउटा वर्थिङ सेन्टर स्थापना गर्ने, पाँच वर्ष भित्रमा पालिका भित्रका सबै जनतालाई स्वास्थ्य बिमा गरिने तथा विपन्न वर्गको लागि स्वास्थ्य बीमाको प्रिमियर पालिकाले तिरिदिने व्यवस्था गरिने जनाइएको छ । हरेक पालिकामा एक–एक विगाहामा खेल मैदान निर्माण गर्ने र नगरपालिकामा तीन वटासम्म रंगशाला बनाउनुका साथै महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने प्रतिवद्धता गरिएको छ ।

पाँच वर्ष भित्रमा पशु बीमा कार्यक्रमलाई लागु गर्ने, महिलाहरुले होमस्टे सञ्चालन गर्न चाहे पाँच प्रतिशत व्याजमा पचास लाख रुपैयाँसम्म ऋण दिने, वैदेशिक रोजगारबाट आर्जित रकमको कोष निर्माण गरेर मुलुकमा हुने लगानीमा सेयरधनीमा रुपान्तरण गर्ने लगायतका कुरा घोषणापत्रमा उल्लेख गरिएको छ । वृद्धहरुको स्याहार–सुसार गर्न नसक्ने परिवारका लागि विशेष आवास गृह सञ्चालन गर्ने र हरेक वडामा जेष्ठ नागरिक भेटघाट केन्द्र निर्माण गर्ने बताइएको छ । महिलाको नाममा जग्गा धनि पुर्जा भएको हकमा भूमि करमा २५ प्रतिशत छुट दिने पनि जसपाले जनाएको छ ।