४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर महानगरपालिकाको मेयरमा उमेश यादवको स्वतन्त्र उम्मेदवारी



अ+ अ-

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि जसपा परित्याग गरेका नेता उमेश यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले गठबन्धनप्रति असहमति जनाउँदै हिजो जसपाको साधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए ।

यादवले यसपटक पनि प्रमुखको उम्मेदवारी दिने घोषणा गरेका थिए । यद्यपि ५ दलीय गठबन्धनले विराटनगरको प्रमुखमा काङ्ग्रेस र उपप्रमुखमा जसपाले उम्मेदवारी दिने निर्णय गरेपछि उनी रुष्ट बनेर राजीनामा दिएका थिए ।