• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा प्रबिन काफ्ले र पुष्पा सापकोटा मेयर र उपमेयर उम्मेदवार



काठमाडौं । विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रबिन काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। त्यसैगरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।

विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पुर्व जिल्ला संयोजक हुन्।

कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ्ग क्षेत्र नम्बर ४ मा उम्मेदवार थिए। उनले जिल्लामा भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुदसम्वद्ध संघसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन्। उनले बीबीए अध्ययन पुरा गरेका छन्।

भरतपुरका मेयर उम्मेदवार २८ बर्षिय काफ्ले मेकानिकल इन्जिनियर हुन्। उनले ूतातोभात अभियानू का योजनाकारमध्येका एक हुन् जुन अभियान अन्तरगत भरतपुरमा कोभिड संक्रमित बिरामीका कुरुवाहरुलाई २८ दिनसम्म निरन्तर निस्शुल्क खाना खुवाइएको थियो।

त्यसैगरी भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै त्यस सम्बन्धि कार्यक्रममा संलग्न हुँदै आएकी छन्। उनले स्वास्थ्य तथा जनसंख्यामा स्नातकोत्तर गरेकी छन्।