४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा प्रबिन काफ्ले र पुष्पा सापकोटा मेयर र उपमेयर उम्मेदवार

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा प्रबिन काफ्ले र पुष्पा सापकोटा मेयर र उपमेयर उम्मेदवार
अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रबिन काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। त्यसैगरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।

विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पुर्व जिल्ला संयोजक हुन्।

कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ्ग क्षेत्र नम्बर ४ मा उम्मेदवार थिए। उनले जिल्लामा भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुदसम्वद्ध संघसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन्। उनले बीबीए अध्ययन पुरा गरेका छन्।

भरतपुरका मेयर उम्मेदवार २८ बर्षिय काफ्ले मेकानिकल इन्जिनियर हुन्। उनले ूतातोभात अभियानू का योजनाकारमध्येका एक हुन् जुन अभियान अन्तरगत भरतपुरमा कोभिड संक्रमित बिरामीका कुरुवाहरुलाई २८ दिनसम्म निरन्तर निस्शुल्क खाना खुवाइएको थियो।

त्यसैगरी भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै त्यस सम्बन्धि कार्यक्रममा संलग्न हुँदै आएकी छन्। उनले स्वास्थ्य तथा जनसंख्यामा स्नातकोत्तर गरेकी छन्।