१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा



अ+ अ-

काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

आफ्नो पार्टी नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् ।

काठमाडौँ क्षेत्र नं ६ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

संविधानको धारा १८० को खण्ड (क) र प्रदेश सभा नियमावली २०७४ को नियम १८४ अनुरुप उनले राजीनामा पत्र बुझाएको बागमती प्रदेश सचिवालयले जनाएको छ ।

जनप्रतिनिधिले पुनः उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिएका हुन् ।

बागमती प्रदेशसभा सदस्यबाट विजय सुवेदीले पनि राजीनामा दिइसकेका छन् । उनले नेकपा एमालेबाटै भरतपुर महानगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।

बागमती प्रदेशमा नेकपा एमालेका दुई प्रदेशसभा सदस्य घटेका छन् ।