४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा
अ+ अ-

काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

आफ्नो पार्टी नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् ।

काठमाडौँ क्षेत्र नं ६ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

संविधानको धारा १८० को खण्ड (क) र प्रदेश सभा नियमावली २०७४ को नियम १८४ अनुरुप उनले राजीनामा पत्र बुझाएको बागमती प्रदेश सचिवालयले जनाएको छ ।

जनप्रतिनिधिले पुनः उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिएका हुन् ।

बागमती प्रदेशसभा सदस्यबाट विजय सुवेदीले पनि राजीनामा दिइसकेका छन् । उनले नेकपा एमालेबाटै भरतपुर महानगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।

बागमती प्रदेशमा नेकपा एमालेका दुई प्रदेशसभा सदस्य घटेका छन् ।