३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु (भिडियोसहित)



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ ।

आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गर्नुभएको हो । मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । मेलम्ची खानेपानीको पुनः वितरण सुरु भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानी पुनः वितरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दिर्घकालिन सञ्चालनको लागि एसियाली बिकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताउनुभयो । उहाँले वर्षा याममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सुचना दिनका लागि अर्ली एलर्ट मेसिन जडान गरिएको बताउनुभयो ।

मन्त्री चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई व्यवस्थापन गर्नका लागि मन्त्रालयमा सचिवको संयोजकत्वमा कोअर्डिनेशन कमिटी गठन गरेको उल्लेख गर्नुभयो । उहाँले वर्षायाममा मेलम्चीको पानीको विकल्पको रुपमा बागमती नदिको पानि शुद्धिकरण गरी ल्याउने प्रक्रिया अगाडी बढाइएको पनि जानकारी दिनुभयो ।

मन्त्री चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गर्नुभएको छ । ओलीले वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै उहाँले ओलीलाई मेलम्चीको शुद्ध पानी शुद्ध छ कि अशुद्ध छ अनुभव लिनका लागि पिउन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘केही महिना अघि मात्र वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिनुहुने पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीज्यू जस्तो जिम्मेवार व्यक्तिले शुक्रबार मात्र फेरी मेलम्चीको पानी कुनै हालतमा काठमाडौंमा नआउने र आएपनि मेलम्चीको टनेलबाट बाढी मात्र आउने, पानी आउँदैन भनेर कपोकल्पित, भ्रामक, झुठ र असत्य सुचना प्रवाह गर्नुभएको छ ।

म आज पूर्वप्रधानमन्त्री ओलीज्यूलाई सुन्दरीजलमा रहेको ट्रिटमेन्ट प्लान्टबाट शुद्ध गरी काठमाडौंबासीको घर–घरमा जोडिएको पाइपबाट आएको मेलम्चीको पानी पिउन आग्रह गर्न चाहान्छु । म त यही धरतीको पानी खाँदै आएको छु । तर उहाँ सायद बिदेशबाट मगाएर पानी खानु हुन्छ कि ? कहाँको पानी खानुहुन्छ मलाई थाहा छैन । मेलम्चीको पानी शुद्ध छ । गुणस्तरीय छ कि यो बाढीको छ भन्ने अनुभव लिनको लागि पनि एक पटक पानी पिउनको लागि उहाँलाई आग्रह गर्न म चाहान्छु ।’

उहाँले खानेपानीको नाममा राजनीति नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह समेत गर्नुभएको छ । मन्त्री चौधरीले वर्षाको पानी संकलन, जलाधार संरक्षण गरी पानीको मुल फुटाउ अभियान र पानीको गुणस्तर परिक्षण अभियान सञ्चालन गर्न मन्त्रालयले कार्ययोजना तयार गरी अघि बढ्ने नीति लिएको स्पष्ट पार्नुभयो ।