४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल

समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल
अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताउनुभएको छ ।लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले, “हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो ।

नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफलताको कडी हो । यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस्,” भन्नुभएको छ ।

लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, “वैशाख ११ गते सामान्य दिन होइन, २०६२/६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावले नेपालमा राजतन्त्रले घुँडा टेकेको दिन हो ।”

आसन्न स्थानीय तहको निर्वाचनका साथै यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ र निष्पक्षरूपमा सम्पन्न गर्न उहाँले आग्रह गर्नुभएको छ ।