४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन

एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन
अ+ अ-

काठमाडौ । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो ।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुख लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेती, रत्ननगर नगरपालिकाको प्रमुखमा विमला दुवाडी र उपप्रमुख यादव पाठक, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी र उपप्रमुख विमला लामालाई उठाउने निर्णय भएको छ ।

यसैगरी माडी नगरपालिकाको प्रमुखमा ताराकाजी कुमारी महतो र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उम्मेदवारको घोषणा गरिएको छ । भरतपुर महानगरपालिकाको प्रमुखमा यसअघि नै विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

जिल्लाका ९८ वटै वडामध्ये अधिकांश टुङ्गो लगाइसकेको सो पार्टीले जनाएको छ । एमालेले खैरहनीका नगरप्रमुख चौधरीलाई दोहो-याएको छ भने रत्ननगर र माडीका उपप्रमुखलाई प्रमुखमा उम्मेदवार घोषणा गरेको हो ।

डोटीमा उम्मेदवार चयन

आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले डोटीका नौवटै स्थानीय तहका उम्मेदवार चयन गरेको छ । छनोट गरेका उम्मेदवारमा दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी, उपप्रमुखमा रुपा कठायत, शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर, उपप्रमुखमा लक्ष्मी मल्ल छन् ।

यसैगरी पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका कृष्णकुमार खड्का, उपाध्यक्षमा शारदा साउद, बडिकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर घर्ती, उपाध्यक्षमा सपना सिराडी, आदर्श गाउँपालिकाको अध्यक्ष डम्मर वली, उपाध्यक्षमा जानकी खड्का, बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष हस्तबहादुर बुढा, उपाध्यक्षमा ज्ञानु मल्ल (बम), जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा, उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल, उपाध्यक्ष बिष्नादेवी सिंह, केआइसिंह गाउँपालिकाको अध्यक्षमा तेजबहादुर माझी, उपाध्यक्षमा धनादेवी कुँवरको नाम टुङ्ग्याएको एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

एमाले सिन्धुपाल्चोकले टुङ्ग्यायो उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि एमाले सिन्धुपाल्चोकले उम्मेदवार टुङ्ग्याएको छ । पटक–पटकको छलफलपछि शनिबार राति उम्मेदवार टुङ्ग्याएको एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाह्रबिसे नगरपालिका प्रमुखमा निमफुन्जो शेर्पा, उपप्रमुखमा कल्याणी घिसिङ, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखमा इन्द्रबहादुर नेपाल, उपप्रमुख बालकुमारी सापकोटा, मेलम्ची नगरपालिका प्रमुखमा बालकृष्ण देउजा, उपप्रमुखमा उमा प्रधान, भोटेकोशी गाउँपालिका अध्यक्षमा अमृत खड्का, उपाध्यक्षमा सुन्तलीमाया तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा मेघनाथ पौडेल, उपाध्यक्षमा सविता श्रेष्ठ, लिसङ्खुपाखर गाउँपालिका अध्यक्षमा सूर्यबहादुर लामा, उपाध्यक्षमा कञ्चन लामा उम्मेदवार टुङ्ग्याएको छ ।

यसैगरी सुनकोशी गाउँपालिका अध्यक्षमा टपिन्द्रप्रसाद तिमल्सिना, उपाध्यक्षमा मन्जु भण्डारी, बलेफी गाउँपालिका अध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा चन्द्रावती थापा, जुगल गाउँपालिका अध्यक्षमा जयबहादुर लामा, इन्द्रावती गाउँपालिका अध्यक्षमा झम्कनाथ नेपाल, उपाध्यक्षमा शोभना तामाङ, पाँचपोखरी गाउँपालिका अध्यक्षमा टासी लामा, उपाध्यक्षमा सुनिता अधिकारी, हेलम्बु गाउँपालिका अध्यक्षमा हस्तबहादुर पण्डित रहेका छन् । जुगल र हेलम्बुको गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार भने टुङ्याउन बाँकी रहेको एमाले जिल्ला सदस्य दिनेश थापाले बताउनुभयो । रासस