४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको सानदार जित, जिसस एक्लैको चार गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । उपाधि होडमा रहेको सिटीले वाटफोर्डलाई घरेलु मैदानमा ५–१ गोलले हराएको हो ।

सिटीलाई जित दिलाउन गाब्रियल जिससले ह्याट्रिकसहित चार गोल गरे भने रोड्रीले एक गोल गरे । जिससले ४, २३, ४९ (पेनाल्टीमार्फत) र ५३ औं मिनेटमा गोल गरेका हुन् भने रोड्रीले ३४ औं मिनेटमा गोल गरे । यता २८ औं मिनेटमा हसाने कामराले वाटफोर्डका लागि एक गोल फर्काए ।

जितसँगै लिगको शीर्ष स्थानमा रहेको सिटीको ३३ खेलबाट ८० अंक छ । समान खेलबाट ३२ अंकसहित वाटफोर्ड १९ औं स्थानमा रहेको छ ।