४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आईपीएलः हैदरावादविरुद्ध आरसीबीको लज्जास्पद हार

आईपीएलः हैदरावादविरुद्ध आरसीबीको लज्जास्पद हार
अ+ अ-

एजेन्सी । आईपीएलको ३६ औँ खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि एकतर्फी जित हात पारेको छ । केन विलियम्सनको कप्तानीमा रहेको हैदरावादले बैंगलोरलाई ९ विकेटले पराजित गरेको हो ।

हैदरावादले आठ ओभरमा एक विकेट गुमाएर बैंग्लोरलाई मात्र ६८ रनमा सिमित गर्यो । आईपीएलमा कुनै पनि टोलीको बलको आधारमा यो चौथो ठूलो जित हो । हैदरावादले यो सिजनको लगातार पाँचौं जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बैंगलोरले दिएको ६९ रनको सानो लक्ष्य पछ्याउँदै हैदरावादले बलियो सुरुवात गरेको थियो । अभिषेक शर्मा र केन विलियम्सनले ६ ओभरमा ५० रन जोडे । यस क्रममा अभिषेकले बैंगलोरका बलरहरु विरुद्ध बलियो ब्याटिङ गर्दै २७ बलमा ४७ रन बनाए । उनी आफ्नो अर्धशतकको नजिक पुगेका थिए तर आठौं ओभरको दोस्रो बलमा हर्षल पटेललाई छक्का प्रहार गर्ने क्रममा अनुज रावतको हातबाट क्याच आउट हुन पुगे ।

आउट हुनुअघि अभिषेकले २८ बलमा ४७ रन बनाएका थिए । त्यसपछि सोही ओभरको अन्तिम बलमा राहुल त्रिपाठीले छक्का हानेर खेलको अन्त्य गरे । हैदरावादले ७२ बल बाँकी रहँदै ठूलो जित हात पारेको थियो । उसका लागि केन विलियम्सन १७ बलमा १६ रनमा अविजित रहे भने राहुल त्रिपाठीले तीन बलमा ७ रन बनाए ।

सनराइजर्स हैदरावादका कप्तान केन विलियम्सनले लगातार सातौं पटक टस जितेर ब्याटिङ रोजेका थिए । तर, उनले बेङ्लोरलाई ब्रेबोर्न स्टेडियममा पहिले ब्याटिङ गर्न बोलाए । विलियम्सनको निर्णय सही साबित भयो जब मार्क यान्सेनले कप्तान फाफ डु प्लेसिस र पूर्व कप्तान विराट कोहलीलाई दोस्रो ओभरको दुई बलमा आउट गरेर पेभिलियन पठाए । यसपछि उनले सोही ओभरको अन्तिम बलमा अनुज रावतलाई पनि आउट गरे ।

बैंग्लोरको टोली आठ रनमा तीन विकेट गुमाएर ब्याकफुटमा पुगेको थियो । जहाँ, ग्लेन म्याक्सवेलले इनिङ्सलाई अगाडि बढाउने अपेक्षा गरिएको थियो तर पाँचौं ओभरमा नटराजनले विलियमसनलाई क्याच आउट गराएर आरसीबीलाई ठूलो झटका दिए । सुयश प्रभुदेसाई र शाहबाज अहमदले इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे तर जगदीश सुचितले एउटै ओभरमा सुयश र दिनेश कार्तिकलाई आउट गर्दै बैंग्लोरलाई पूर्णरूपमा घुँडा टेकाए ।

शाहबाजले पनि खासै केही गर्न सकेनन् र उनी पनि छिट्टै पेभिलियन फर्किए । हैदरावादका लागि मार्क यानसेन र नटराजनले ३–३ विकेट लिए भने जगदीश सुचितले २ विकेट लिए ।

आजको खेलः लखनउ सुपर जाइन्ट्सविरुद्ध मुम्बई इन्डियन्स – ७ः४५ बजे