३ पुष २०८२, बिहीबार
,
Latest
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडविरुद्ध आर्सनलको सानदार जित



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा खेलको तेस्रो मिनेटमा नै नुनो टाभारेसको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो ।

३२ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । तर, त्यसको दुई मिनेटपछि अर्थात् ३४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई २–१ को अवस्थामा खेलमा फर्काए ।

५६ औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडलाई बराबरी गर्ने सुनौलो अवसर खेर फाले । उनले पेनाल्टी मिस गरे । उनको प्रहार देब्रे पोस्टमा ठोक्किएर बाहिरियो ।

यस्तै, ६० औं मिनेटमा युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गरेको गोलले मान्यता पाएन । उनी अफसाइड रहे ।

खेलको ७० औं मिनेटमा ग्रानिट जाकाले डि–बक्स बाहिरबाट लेफ्ट फुटले उत्कृष्ट गोल गर्दै आर्सनललाई ३–१ को अवस्थामा ल्याए ।

यो नतिजापछि आर्सनल चौंथो स्थानमा उक्लिएको छ । उसको ३३ खेलबाट ६० अंक छ । पराजित युनाइटेड ३४ खेलबाट ५४ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।