४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘हिन्दूराष्ट्र र राजसंस्था फर्काउन’ शाही युवा शक्ति नेपालले स्वतन्त्र उम्मेदवारी दिने

‘हिन्दूराष्ट्र र राजसंस्था फर्काउन’ शाही युवा शक्ति नेपालले स्वतन्त्र उम्मेदवारी दिने
अ+ अ-

काठमाडौं, १० वैशाख । शाही युवा शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा देशभरी स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा शक्ति नेपालले गाउँबाटै हिन्दुराष्ट्र र राजसंस्था फर्काउने उद्देश्यका साथ उम्मेद्वारी दिने घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपती खड्काले नेपाली जनताले निर्वाचन नचाहेको भन्दै जनताले गणतान्त्रिक व्यवस्थाको अन्त्य र राजाको पुनर्बहाली चाहेको दाबी गरे । ‘हामी जुनसुकै बाटोबाट भएपनि राजसंस्था फर्काउन चाहन्छौं, त्यसकै लागि हामी चुनावमा सहभागी हुँदैछौं’–उनले भने ।

गणतन्त्रलाई धतुरोको बोटको संज्ञा दिँदै धतुरोको बोटमा कहिल्यैपनि आँप नफल्ने खड्काको भनाई थियो । गणतन्त्रले नेपाली जनताको हित नगर्ने र यो कुरा जनता स्वयमले पनि अहिले आएर महशुस गरेको उनको दाबी छ ।

यस्तै, उनले जनताको भावना बुझेर राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा बोकेर आफूहरु स्थानीय तहको निर्वाचनमा होमिएको सुनाए । स्थानीय तहको निर्वाचनलाई गाउँ–गाउँबाट राजसंस्था फर्काउने अवसरको रुपमा लिई शाही युवा शक्ति नेपालका स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन उनले आग्रह गरे ।

उनले राजसंस्था कुनै पार्टीले नभएर नेपाली जनताले फर्काउने भन्दै कुनै पार्टीको झोला बोकेर हिँड्नुभन्दा देशको झण्डा बोकेर सडकमा आउन आम जनतालाई आग्रह गरे ।

राप्रपाले राजसंस्था फर्काउँछ भनेर जनता ठूलो भ्रममा परेको भन्दै उनले भने, ‘राजेन्द्र लिङ्देनको पार्टीले राजसंस्था फर्काउँछ भनेर जनता उर्लिएका छन् । ती सबै मान्छे राजसंस्था फर्काउन उर्लिएको हो भने हामीसँग आउनुहोस । संविधान च्यातौं र चुनाव बहिष्कार गरौं । राजसंस्था हामी फर्काउँछौं ।’

शाही युवा शक्ति नेपालका महामन्त्री कृष्णराज थापाले स्थानीय निर्वाचन शाही युवा शक्तिको तर्फबाट स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन आम मतदाताहरुसमक्ष आग्रह गरेका छन् ।

साथै, उनले युवाहरुले बृद्ध नेताको झोला बोक्नुको साटो आफँै नेतृत्व गर्न अघि बढ्नुपर्नेमा जोड दिए । उनले नेपालमा हिन्दूराष्ट्र र राजसंस्थाको विकल्प नरहेको पनि जिकिर गरे । आफूहरुले विगत लामो समयदेखि यो एजेण्डा बोकेर हिँडेको र अब छिट्टै आफूहरुको अभियानले सार्थकर्ता पाउने थापाको दाबी छ ।

शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम वैदारले काभ्रेको बनेपा नगरपालीकाको मेयरमा उम्मेद्वारी दिने घोषणा गरे । उनले नेपालका राजनीतिक दलहरुले जनतालाई भेडा बनाउने गरेको आरोप लगाउँदै अब जनता सचेत हुनुपर्ने भन्दै स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन अपिल गरे ।

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाले देशलाई बचाउनका निम्ति शाही युवा शक्तिको भुमिका महत्वपूर्ण रहेको भन्दै स्वतन्त्र रुपमा आ–आफ्नो ठाउँबाट स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिन आह्वान गरेका छन् ।

शाही युवा शक्ति नेपालले बिगत लामो समयदेखि सडक संघर्ष गर्दै आएको स्मरण गराउँदै उनले देशभरिबाट स्वतन्त्र रुपमा एकजुट भएर अगाडी बढ्ने बताए । साथै, उनले राजालाई गद्दीमा ल्याउन आफूहरुले सक्रिय भूमिका खेल्ने दाबी गरे ।

अर्का केन्द्रीय सदस्य कविन्द्र देउजाले दशौं वसन्त पार गरेको शाही युवा शक्तिले निरन्तर रुपमा हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा उठाउदै आएको भन्दै यसपटकको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिन लागेको जनाए ।

उनले एमाले, माओवादी र काँग्रेसलाई भोट हालेर दिक्क मानेका जनताका लागि गणतन्त्र विरोधी भएपनि आफुहरु निर्वाचनमा सहभागी हुने र आफूहरुको एजेण्डालाई जनताले साथ दिने पनि विश्वास दिलाए । उनले आफूहरुले निर्वाचन जित्ने दाबी पनि गरे ।

हरिराम गौतमले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरे । उनले मनवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरे । गाउँको शिक्षा र स्वास्थ्यको अवस्था बदल्न आफुले काम गर्ने योजना रहेको उनले सुनाए ।

केन्द्रीय सदस्य रामकुमार बस्नेतले देशमा हिन्दुराष्ट्र र राजसंस्थाको आवाज बुलन्द रुपमा उठ्न थालेको भन्दै यसको जस शाही युवा शक्ति नेपाललाई जाने बताए ।

यस्तै, एउटा अभियानले पनि स्वतन्त्र रुपमा उम्मेद्वारी दिनसक्छ भन्ने नयाँ अवधारणा शाही युवा शक्ति नेपालले ल्याएको बस्नेतले स्पष्ट पारे । उनले आफूहरुका धेरै उम्मेद्धवारले स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त गर्नेमा विश्वास दिलाए ।

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य माधव कार्कीले रौतहट जिल्ला गुजरा नगरपालिकाबाट मेयरमा उम्मेद्वारी दिने घोषणा गरे । आफूले पूर्ण रुपमा निस्वार्थ भावले जनताको सेवा गर्ने पनि उनले प्रतिबद्धता जनाए ।