४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मौलिक जरोकिलो पार्टीद्वारा चुनावी संकल्पपत्र सार्वजनिक

मौलिक जरोकिलो पार्टीद्वारा चुनावी संकल्पपत्र सार्वजनिक
अ+ अ-

काठमाडौं, १० वैशाख । मौलिक जरोकिलो पार्टीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीले चुनावी संकल्पपत्र र पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो ।

गत पाँच वर्षमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र कर्मचारीले गरेको सम्पूर्ण आर्थिक अनियमितताको छानबिन गरि दोषीबाट क्षतिपूर्ति असुलउपर गरिनेसम्मका कार्यक्रम उक्त संकल्पत्रमा समावेश गरिएको छ ।

रोजगारी एवं उद्यमशिलताको प्रर्वद्धन गर्न प्रत्येक पालिकामा एक विशेष उत्पादनको कार्यक्रम र अनुसन्धान, आविष्कार र नवाचार (ईनोभेसन) को क्षेत्रमा युवालाई सहजीकरण गर्न प्रत्येक पालिकामा एउटा आविष्कार केन्द्रको स्थापना गरिने कार्यक्रमसमेत पार्टीले अघि सारेको छ ।

त्यस्तै विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको परिवारलाई निःशुल्क कम्प्युटर प्रदान गर्न पार्टीले ‘एक घर, एक कम्प्युटर’ कार्यक्रम पनि ल्याएको छ ।

ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सुविधा उपलब्ध गराउने, बृद्धभत्ता घरघरमै उपलब्ध गराउने र पञ्जिकरण तथ्यांक घरबाटै संकलन गरिने भन्दै उक्त पार्टीले घरमै स्वावृत कार्यक्रम ल्याएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष सुशिल गौतमले यो देशमा दुई चार वटा मेयर, सांसद र मन्त्री पद खान आफुहरु राजनीतिमा नआएको स्पष्ट पारेका थिए । उनले मौलिक जरोकिलो पार्टी सम्रग राष्ट्रको पूर्ण प्रतिमाण परिवर्तनको लागि खडा भएको दाबी गरे ।

नेपालका राजनीतिक दलले सत्ता र शक्तिको लागि गठबन्धन गरेको आरोप लगाउदै उनले नेपालका राजनीतिक दललाई कपुतन्त्रको संज्ञा दिए । साथै, आफ्नो पार्टीले वैचारक जित निकालिसकेको उनको दाबी थियो ।

उनले नेपालमा मौलिका धार्मिक सम्पदाहरुलाई अग्राधिकार दिने किसिमको सनातन धर्मसापेक्षता ल्याउने पार्टीको संकल्प रहेको बताए ।

पार्टीका प्रवक्ता प्रकाश श्रेष्ठले आफ्नो पार्टी देशकै अग्रणी शक्ति बन्ने बताए । उनले नेपालको मौलिक रैथाने शक्ति झिल्काको रुपमा अगाडि बढेको बताए । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीबाट सबै तहमा उम्मेद्धवारी दिईने पनि बताए ।

उनले अहिलेसम्म पाँच महानगर, चार उपमहानगर, १८ नगरपालिका, चार गाउँपालिका र विभिन्न वडामा स्थानीय तहमा उम्मेद्वारी दिएको जानकारी दिए ।
नेपालमा धर्मको राजनीति गर्नेहरुले देशको अस्तित्व मेटाएको आरोप लगाउदै उनले नेपाल कपुतन्त्रको अवस्थामा गइसकेको बताए । नेपालको शिक्षा, स्वास्थ्य र दर्शनको क्षेत्रमा कसरी पुनर्जागरण गर्ने कुरामा प्रकाश छर्न नेपालमा मौलिक रैथाने शक्ति जन्मिएको उनले बताए ।

उनले आफूहरुले पार्टीमा आफ्नो दर्शन, राष्ट्रिय राज्य सिद्धान्त, आधारशिला चतुष्ठियलगायत सम्पूर्ण चिज ल्याएको बताए । उनले धर्मको नाममा राजनीति गर्नेहरुको चलखेल बढिरहेको आरोप लगाए ।

आफ्नो पार्टीले महिलाको सहभागितालाई विशेष प्राथमिकतामा राख्ने बताए । बौद्धिक युवाहरुको ठुलो जमातले अहिले ‘कम्प्युटर’ चुनाव चिह्न लिएर निर्वाचनमा होमिको पनि उनको भनाई छ ।

त्यस्तै, पार्टीका उपाध्यक्ष बलराम प्रजापतिले संकल्पपत्रबारे प्रकाश पारेका थिए । नेपाली जनताले नेपालको मौलिकतामा आधारित रहेको शक्तिलाई चुन्ने पहिलो अवसर पाएको भन्दै स्थानीय तहमा आफ्नो दलका उम्मेद्धवारलाई विजयी बनाउन आग्रह गरे ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/Sankalpa-Patra-final.pdf”]

नेपालको शिक्षा, स्वास्थ्य, आर्थिक र राजनीतिक सबै क्षेत्र संकटमा रहेको भन्दै देशलाई सहज अवस्थामा पुर्याउन पनि आफूहरुले काम गर्ने उनको भनाई थियो ।

उक्त पार्टीले स्थानीय तहमा गने कामहरुको विवरणपनि सार्वजनिक गरेको छ । उसले सुशासनदेखि सामाजिक न्यायको क्षेत्रमा गर्ने कामको फेहरिस्त सार्वजनिक गरेको छ। पार्टीको मूल उद्देश्य कपूतन्त्रका कारणले परेको संकटै संकटको संक्रमणबाट नेपालालई मुक्त गराउने, नेपाललाई मानव विकास, आधारभूत संरचनागत विकास, विज्ञान प्रविधिआदिका मानकबाट विश्वका विकसित देशहरुको समूहमा पुर्याउने अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवम् केन्द्र बनाउने रहेको छ ।

पार्टीको मार्गचित्र भने दण्डहीनता निर्मूल गरी मौलिक दण्डनीति, विधि, न्यायको शासन प्रशासन सुनिशिचत गर्ने, भ्रष्टाचारको कारण नै उन्मुलन गर्ने, भ्रष्टाचारीहरुलाई अति कडा दण्डसजाय गर्ने, उद्यमशीलता, रोजगारी, सम्मानित जीवन जिउन पुग्ने आम्दानी स्वदेशमै सुनिश्चित गराइ नेपाल आमाका सन्तानलाई बाध्यताले विदेश जानु नपर्ने अवस्था बनाउने र विधि, न्याय, समता, समावेशी नीतिअनुसार राज्यलाई सर्वहितकारी सर्वकल्याणकारी राष्ट्रका रुपमा सबैथरि नेपाली नागरिकको साझे घरका रुपमा विकास गर्ने रहेका छन् ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/Ghosanapatra_MaulikJarokiloParty-1.pdf” title=”Ghosanapatra_MaulikJarokiloParty (1)”]