२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिका उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।

महानगरपालिका र उपमहानगरपालिकाकाबाट उम्मेदवारको सिफारिस भएपनि एमालेले त्यसलाई टुंगाउन सकेको छैन ।

एमालेले ६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस गरिसकेको छ ।