२ श्रावण २०८३, शनिबार
,
Latest
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति श्रीलंकाले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दैः युनेस्को कुसुण्डा समुदायको सशक्तीकरणका लागि एकीकृत कार्ययोजना बनाउन सिफारिस जयन्दु बालसुधार गृहमा वृक्षरोपण प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल नेपालमा वैशाखदेखि हालसम्म विपद्बाट १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीबाट सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा उप्रेती उम्मेदवार



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडी सारेको छ।
लिसंखु पाखर गाउँपालिका वडा नं। ३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। २०५९ सालमा बुद्धोदय उच्च माध्यमिक विद्यालय लिसंखुबाट एस. एल. सी.उत्तीर्ण गर्नुभएका ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गर्नुभएको छ।

उप्रेतीले कतार, युएई, कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट व्यवस्थापकीय तहमा १३ वर्ष भन्दा लामो कार्य अनुभव हासिल गर्नुभएको छ।

नेपाल फर्कौ महाअभियानका एक अभियन्ता र NIRI Nepal का संस्थापक समेत रहनुभएका उप्रेती पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको जिम्मेवारीमा समेत रहनु भएकोछ।