१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी संसदीय टोली काठमाडौँमा



अ+ अ-

काठमाडौं । अमेरिकी उच्चस्तरीय संसदीय टोलीलाई काठमाडौं आईपुगेको छ । सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा रहेको एक अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेको हो । टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि सामेल हुनुहुन्छ।

नेपाल-अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण दुई देश बिच रहेको आपसी लोकतान्त्रिक मान्यता, जनस्तरको सम्बन्ध तथा गहिरो कूटनीतिक साझेदारीको प्रमाण भएको नेपाल स्थिती अमेरिकी दूताबासले जनाएको छ । नेपाल भ्रमणमा रहेको अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्नेछ ।

उहाँहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित छ ।  गम्भीर सङ्कटका बारेमा थप बुझ्नका लागि उहाँहरूले शनिबार दिउँसो एक पदयात्रामा भाग लिने योजना बनाउनुभएको दूतावासले जनाएको छ । उहाँहरू पोल्याण्ड र भारत लगायतका देशहरूको लामो भ्रमणको सिलसिलामा नेपाल आउन भएको हो ।