१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा बिच्कियो कांग्रेस, मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा



अ+ अ-

काठमाडौं । सत्तारूढ गठबन्धनले भागबन्डाको निर्णय टुंगाउँदै भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि भरतपुरका कांग्रेस नेता/कार्यकर्तामा देखिएको असन्तुष्टि अझै थामिन सकेको छैन ।

शुक्रबार बिहान जिल्ला सभापति राजेश्वर खनालले सबैलाई केन्द्रको निर्णय मान्न आग्रह गरेपनि दिउँसो असन्तुष्टहरूले पार्टी कार्यालयमा भेला गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रहेका टेकप्रसाद गुरूङ र दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेल, भीमबहादुर श्रेष्ठ, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा र जितनारायण श्रेष्ठलगायत सहभागी भेलाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेको स्रोतले जनाएको छ ।

भोलिसम्ममा उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने भेलाको निष्कर्ष छ । यस्तै, भेलापछि उनीहरूले पार्टी जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा ताला समेत लगाइदिएका छन् ।

 




भर्खरै